A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पर्खाल भत्कँदा बालिकाको मृत्यु

दुई दिनदेखि लगातार भइरहेको वर्षापछि घर नजिकको पर्खाल भत्किँदा च्यापिएर रोल्पा पञ्चीकोट गाउँकी एक बालिकाको मृत्यु भएको छ । अत्याधिक वर्षा भएकाले पर्खाल भत्किएर दुई वर्षकी बालिकाको मंगलबार मध्यान्ह मृत्यु भएको हो । प्रहरीका अनुसार घटनापछि जानकारी संकलन गर्न प्रहरी परिचालित गरिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले घटना स्थलमा प्रहरी पुगेको बताए । उनले घर नजिकको पर्खाल वर्षाका कारण भिजेकाले भत्किएको बताए । पञ्चीकोट गाउँ पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ नजिकै पर्छ । मृत्यु हुनेमा स्थानीय जुठे घर्तीकी दुई वर्षकी छोरी समीक्षा थिइन् । घटना हुँदा अभिभावक घरमा नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।घटनास्थलमा सुरक्षाकर्मी पठाएर उद्धार गरिएको प्रजिअ ढकालले बताए । उनले जिल्लाका अन्यत्र स्थानमा भारी वर्षा भएपनि घटना नभएको बताए । घटनास्थलमा सुनिलस्मृति गाउँपालिकाका प्रमुख गुणेन्द्र घर्तीमगरसहितको टोली राहत लिएर पुगेको छ।

२०७६ असार २४ गते ३:२१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: