A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुल बस नहरमा खस्यो, दुई शिक्षिका र एक विद्यार्थी घाइते

मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित गोकुवा चोकनजिकै नहरमा जेभियर्स बोर्डिङ स्कुलको बस आइतबार खस्दा दुई शिक्षिका र १ विद्यार्थी घाइते भएका छन्। दुर्घटनामा को १ ख १९८२ नम्बरको बसमा सवार दुई शिक्षिका र एक विद्यार्थी घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बस विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा चिप्लिएर नहरमा खसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार दुर्घटनामा सोही विद्यालयकी शिक्षिका बुढीगंगा-३ की २२ वर्षीया सम्झना अधिकारी, २४ वर्षीया रिविसा घिमिरे र कक्षा ३ की ८ वर्षीया बालिका सुरक्षा पौडेल घाइते भएका छन्।  घाइते सबैको विराट टिचिङ अस्तालमा उपचार भइरहेको छ। बसमा एक चालक, दुई शिक्षिका र १६ जना विद्यार्थी गरेर १९ जना सवार रहेको डीएसपी श्रेष्ठले बताए। बस पल्टिएर नहरमा खसेपछि बसमा सवार सबैलाई पानीमा भिजेको अवस्थामा उद्धार गरिएको थियो। पानी बगिरहेको नहरमा बस खसे पनि तत्काल सबैको उद्धार गर्न सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। बसलाई क्रेनको सहायताबाट बाहिर निकालिएको थियो। बस र चालक बुढीगंगा-१ का ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। घटनापछि आइतबार विद्यालय पनि विदा दिइएको छ।

२०७६ असार २२ गते २:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: