समाचारमा बालबालिका

दाङमा बाढीले ९ वर्षीय बालकको मृत्यु

अविरल वर्षापछि आएको बाढीका कारण दाङमा पनि एकजनाको मृत्यु भएको छ । स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा बंगलाचुली गाउँपालिका–८ कैनपानीका ९ वर्षीय भक्तसिंह बैजालीको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए। तिलकराम बैजालीका नौ वर्षीय छोरा भक्तसिंको मामाघरबाट घर फर्कँदै गर्दा स्थानीय खहरे खोलाको बाढीले बगाएको थियो। वडाध्यक्ष गिरराज बाँठाका अनुसार मृतक कक्षा ३ मा अध्ययनरत थिए।

२०७६ असार २८ गते ८:३१ मा प्रकाशित