A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल विवाह गर्ने जोडीलाई २० वर्ष नपुगेसम्म अलग्याइने

बाल विवाह अन्त्य गर्न रोल्पाको माडी गाउँपालिका–२ वडा कार्यालयले बाल विवाह गर्ने जोडीलाई अलग्याउने रणनीति अपनाएको छ। बाल विवाह गरेका चार जोडीलाई २० वर्ष नपुगेसम्म सँगै बस्न नपाउने गरी आ–आफ्नो घर पठाइएको छ। वडाध्यक्ष एवं माडी गाउँपालिका प्रवक्तासमेत रहेका ललित घर्तीमगरका अनुसार बाल विवाह गरेका चार जोडीलाई उमेर नपुग्दासम्म छुट्टाछुट्टै बस्ने गरी अलग्याइएको छ। ‘भदौ १ गतेदेखि बाल विवाह स्वतः बदर हुने प्रावधान लागू भएयता बालविवाह गरेका जोडीलाई अलग्याउन थालिएको हो।’, वडाध्यक्ष घर्तीमगर भन्छन्, ‘बाल विवाह कानुनतः अपराध भएकाले बाल विवाह गर्ने बालबालिकालाई आ–आफ्ना अभिभावकको जिम्मा लगाएका हौं।’ बाल विवाह गरेर केटा पक्षको घरमा गएर बसिरहेकी चार बालिकालाई असार तेस्रो हप्ता बुवा आमाले घर फिर्ता लगेका छन्। वडा कार्यालयले बाल विवाह स्वतः बदर हुने भन्दै बाल विवाह नगर्न अभिमुखीकरण गर्दै आए पनि केही बालबालिका र अभिभावकले अटेरी गरेका हुन्। कानुनको बेवास्ता गर्दै बाल विवाह गरेका चार जोडीविरुद्ध वडा कार्यालयमा समुदायले सूचना दिएका थिए। विवाह गर्ने जोडीको अभिभावकलाई जोडीको उमेर पुगे(नपुगेको प्रमाणसहित कार्यालयमा उपस्थित हुन वडा कार्यालयले लिखित पत्राचार गरेको थियो। पेस गरिएको प्रमाणमा उनीहरूको उमेर नपुगेका कारण अलग्गिनुपरेको हो।

बाल विवाहित जोडी १७ वर्षीया पूर्णिमा विक र १९ वर्षीय नवीन नेपाली, १६ वर्षीया अञ्जु बुढामगर र २२ वर्षीय भूपेन्द्र घर्तीमगर, १९ वर्षीया विमला घर्तीमगर र २१ वर्षीय कमल खड्का तथा १९ वर्षीय गौमाया पुनको जोडीलाई अलग पारिएको वडा कार्यालयले जनाएको छ। सूचना दिँदादिँदै बाल विवाह गरे पहिलो पटक अलग्याउने र अटेरी गरे मुद्दा चलाइने वडा कार्यालयले जनाएको छ। कानुनतः बाल विवाह स्वतः बदर हुने र अपराध ठहरिए ३ वर्षसम्म जेल र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ। ६ जोडीले बाल विवाह गरेको वडा कार्यालयमा सूचना आएको वडासदस्य खडक घर्तीमगर बताउँछन्। दुई जोडीको उमेर पुगेको पाइयो। गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक धनिकला बुढाको उपस्थितिमा बाल विवाह जोडी र अभिभावकलाई सम्झाई–बुझाई गरी अलग बस्न लगाइएको हो। छलफलमा बाल विवाहित जोडी र अभिभावकले गल्ती बोध गरेको बताइएको छ। अलग पारिएका जोडी २० वर्ष पुगेपछि मात्र दम्पतीका रूपमा सँगै बस्न पाउने छन्।बाल विवाहले समाज र स्वास्थ्यमा समस्या देखिने गरेको छ। सानै उमेरमा विवाह गरेर गर्भवती हुनाले आमा र बच्चाको स्वास्थ्य खतरामा पर्ने गरेको गाउँपालिका स्वास्थ्य संयोजक डिल्ली आचार्य बताउँछन्। बाल विवाहले बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ। ‘पढ्दा पढ्दै बाल विवाह गर्ने भएकाले समाजमा उच्च शिक्षा आर्जन नगर्नेहरू बढी छन्’, वडाध्यक्ष घर्तीमगर भन्छन्, ‘बाल विवाहले समाज विकासमा बाधा पुगेकाले गाउँपालिकाले बाल विवाह अन्त्य गर्ने निर्णयसमेत गरेको छ।’ बाल विवाहमुक्त गाउँपालिका बनाउन सबै वडास्तरमा बाल विवाहविरुद्ध सचेतना फैलाउन थालिएको छ। २ नम्बर वडा कार्यालय घर्तीगाउँले विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच बाल विवाह अन्त्य गर्नेबारे सचेतना अभियान चलाइरहेको छ। वडा कार्यालयका अनुसार कृष्णमा माध्यमिक विद्यालय घर्तीगाउँ, साझा आधारभूत विद्यालय ब्याङखोला र भगवती आधारभूत विद्यालय पारिबाङ दहमा केही साताअघि अभिमुखीकरण गरिएको छ। बाल विवाहविरुद्ध बाल क्लब र आमा समूहलाई समेत परिचालित गरिएको छ।

२०७६ असार २७ गते ८:१८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: