A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुनकोशीका बालबालिकामा कुपोषणको जोखिम

सुनकोशी गाउँपालिकामा ११ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये खतराको अवस्थामा रहेको चार जना रहेका छन्।  गाउँपालिकाको सात वटै वडाका ६ महिना देखि २३ महिनासम्मका ३७८ जना बालबालिकाको पोषण अवस्थाको जाँच तथा मूल्यांकन गर्दा खतराको अवस्थामा रहेका कुपोषित चार जना बच्चा र सावधानी लिनुपर्ने सात जना बच्चा भेटिएका हुन्। यो संख्या खतराको सूचक रहेको बताइएको छ।  खतराको अवस्थामा रहेका बालबालिकालाई तत्काल विशेष किसिमको उपचारको आवश्यक देखिएको सुनकोशी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहसंयोजक माधव प्रधानले बताए। ‘खतराको अवस्थामा रहेका कुपोषित चार जना बालबालिकालाई तत्काल विशेष उपचारको आवश्यकता छ,’ उनले भने, ‘कुपोषित सात जनालाई घरकै खानपिनमा राम्रोसँग ध्यान दिएर घरेलु पोषणयुक्त खानेकुराहरु खुवाए उनीहरुको पोषण अवस्था ठिक हुनसक्ने अवस्था छ।’ वडा नम्ब २ का तीन जना र वडा नम्बर १ का एक जना गरी चार जना खतराको अवस्थामा कुपोषण रहेको पाइएको छ। कुपोषित बालबालिका दलित, गरिब र आदिवासी जनजाति समुदायका रहेको स्वास्थ्य शाखाले जनाएको छ।

२०७६ असार २२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: