झापामा खोलाले बगाउँदा बालकको मृत्यु
खोलाले बगाउँदा झापामा आज एक बालकको मृत्य भएको छ । खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–५ का नौ वर्षीय सौगात चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। चापागाईंलाई घर नजिकैको बनियानी खोलाले बगाएको हो । उनी खेल्ने क्रममा चिप्लेर खोलामा खसेका थिए । जिल्लामा हालसम्म बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार खोलाले बगाउँदा इलाम चुलाचुली गाउँपालिका–१ का ५५ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई दमक–१० मावली आएकी छ वर्षीया एलिजा न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
२०७६ असार २८ गते प्रकाशित