A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4k6s3cjmu4ddvlf05p32mli0b9iolbvu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घाँटीमा चक्कु राखेर बलात्कार

ललितपुरमा एक युवाले युवतीलाई आफ्नो डेरामा  बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया युवतीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए । कोठामा डरधम्की देखाएर घाँटीमा चक्कु राखेर करणी गरेको पीडित युवतीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । शौचालयमा लुकेर भाग्न सफल भएकी युवतीका परिवारले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा २० वर्षीय निशान अधिकारीलाई पक्राउ गरेको मिश्रले बताए । आरोपित युवाको स्थायी घर काभ्रेको पाँचखाल भएपनि महालक्ष्मी नगरपालिकाको चाँगाथली बस्दै आएका थिए। आरोपित अधिकारी असार १९ गते दिउँसो चाँगाथलीबाट पक्राउ परेका हुन् । पाँच दिन म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अधिकारीमाथि अनुसन्धान भइरहेको मिश्रले बताए।

२०७६ असार २१ गते ३:१८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: