A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9dm5m15al9p49ct8io2m2de0s7evfeq2): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कम उमेरमा बच्चा जन्माउँदा समस्या

विवाह भएको एक वर्ष नबित्दै युवती गर्भवती भइन् । उनले १७ वर्षको उमेरमै एउटा बच्चा जन्माइन् । अहिले उनका छोरा एक वर्षका भएका छन् । श्रीमानको उमेर २३ वर्षको छ । युवती अचेल दिनहुँजस्तो पाँचथर अस्पताल तथा अन्य जिल्लाका अस्पताल धाउने गरेकी छन् । उनले १७ वर्षको उमेरमा बच्चा त पाइन् तर ठूलो समस्या आइलागेको छ । उनमा बच्चा जन्मनेबित्तिकै पाठेघर खस्ने समस्या देखा पर्‍यो । कम तौलको जन्मिएको बच्चा पनि उति स्वस्थ छैनन् । जिल्लाभरको अवस्था हेर्दा ०७५ साउनदेखि ०७६ को चैतसम्म १८ सय १६ जना गर्भवतीमध्ये ५ सय २० जना २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका छन् । जिल्ला जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार यो संख्या अस्पतालमा आएका महिलाको मात्र भएकाले अरू बढी हुन सक्छ । ४ पटकको गर्भवती जाँचमा जम्मा १२ सय ८५ जना महिलाले गराएको विवरण हेर्दा ५ सय २० जना २० वर्षमै गर्भवती भएको पाइएको छ ।अधिकृत मेहता भन्छन्, ‘महिला तथा पुरुषलाई गर्भनिरोधक साधनबारे राम्रो जानकारी भए पनि ग्रामीण क्षेत्रका २१ प्रतिशत महिला पुरुषले रोजेको परिवार नियोजनको साधन चाहेका बेला पाउन नसकेका कारण देशभर यस्तो समस्या देखिएको छ ।’उनका अनुसार दम्पतीले परिवार नियोजनको साधन प्रयोग गर्न चाहेको समयमा स्वास्थ्य संस्थामा उनीहरूले चाहेको साधन उपलब्ध नहुनाले पछिल्लो समय यस्तो समस्या देखिएको हो । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीका अनुसार ५ सय ५० जना २० वर्षभन्दा कम उमेरका गर्भवती महिलामध्ये करिब ६० प्रतिशत महिलामा कुनै न कुनै मनोसामाजिक असर उत्पन्न भएको छ । कसैको रगत बढी जाने, कम तौलको बच्चा जन्मने, पाठेघर खस्ने, अशक्त बच्चा जन्मनेलगायत समस्या देखिएका छन् ।

२०७६ असार २४ गते ११:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: