समाचारमा बालबालिका

मोबाइल फोन र सामाजिक सञ्जालको गलत प्रयोगले बालविवाहका घटना बढ्न थाले

डोटीमा बालविवाहका घटना बढ्दै गएका छन् । मोबाइल फोन र सामाजिक सञ्जालको गलत प्रयोगले बालविवाहका घटना बढ्न थालेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । केही दिनअघि मात्रै बाल विवाह गर्ने एक जोडीलाई छुटाइएको जिप्रका डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । ‘यसै वर्ष एसइई दिएका १८ वर्षीय किशोर र १९ वर्षीया किशोरीले भागीविवाह गरेका रहेछन्, धामीले भने, ‘अभिभावकको रोहवरमा जिल्ला प्रहरी कार्यालमा भएको छलफलपछि उनीहरूलाई छुटाइएको छ । कानुनीरूपमा २० वर्ष उमेर नपुगी भएको विवाह मान्य हुँदैन भन्ने जानकारीसमेत उनीहरूलाई नभएको पाइएको छ । छलफलमा उनीहरू एकोहोरो रूपमा हामीले राजीखुसीले बिहे गरेको हो, हामी अब छुट्टिदैनौँ भन्दै थिए, धामीले भने, कानुनी व्यवस्थाको जानकारी गराउँदै अभिभाव र प्रहरीले धेरै सम्झाएपछि मात्रै उनीहरू आ–आफ्नो घर जान राजी भए । अधिकांश बालविवाहका घटनामा मोबाइल फोन र सामाजिक सञ्जाल जोडिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक धामीका अनुसार मोबाइल वा सामाजिक सञ्जालबाट सम्बन्ध कायम भई बिहे गर्नेमा १३÷१४ वर्षका किशोर किशोरी पनि छन् ।

 एउटै वडामा एक सय ६३ जोडीको बालविवाह

दिपायल सिलगढी नगरपालिका– ८ ९साबिकको लडागडा गाविस०मा तीन वर्षमा एक सय ६३ जोडीले बालविवाह गरेका छन् । सामुदायिक विकास केन्द्र (सिडिसी) ले गरेको सर्वेक्षणमा दिपायल सिलगढी–८ मा ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ मा ६९ जनाको बालविवाह भएको छ । केन्द्रका जिल्ला संयोजक एकराज बडुले भने, पछिल्लो समय बालविवाह घटेको होइन, बढ्दै गएको छ । अभिभावक र समाजले नै बालविवाहलाई मान्यता दिइरहेका छन् । बालविवाह गर्नेमा १४ देखि १९ वर्ष उमेर समूहका धेरै छन् । अधिकांशले लहैलहैमा लागेर विवाह गरेको पाइएको बडुले बताए।

२०७६ बैशाख २६ गते ११:३३ मा प्रकाशित