समाचारमा बालबालिका

छोरी जिउँदै जलाएको आरोपमा आमा-बुवा पक्राउ

व्यास गाउँपालिका- ५ चुकपानी बस्ने एक दम्पत्तीले आफ्नै छोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका छन्। बुवा २४ वर्षीय नबिन विष्ट र आमा शिला विष्टले १० महिनाकी छोरी अनुश्का विष्टलाई जिउँदै जलाएको स्थानीयले बताएका छन् । विष्ट दम्पत्तीले बिहीबार राति १० बजे घरबाट २ सय मिटर टाढा रहेको सुकेको खर ुगाज्यौु को थुप्रो भित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाई मारेको प्रहरीले जनाएको छ।छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीयले दुबैजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। अहिले दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।

२०७६ बैशाख २७ गते १:२७ मा प्रकाशित