समाचारमा बालबालिका

रौतहटमा ट्याक्टरको ठक्करबाट दुुई बालकको मृत्युु

रौतहटको कटहरिया नगरपालिका–१ भसेढवास्थित ट्याक्टरले ठक्कर दिँदा २ बालकको मृत्युु भएको छ । शुुक्रवार अपरान्ह ना६त ३५६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का रामविलास ठाकुरको छोरा ८ वर्षीय छोटेलाल ठाकुर र सोही ठाँउका पनिलाल ठाकुरको छोरा १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ । लालबकैया नदीबाट बालुवा बोकेर तीव्र गतीमा आइरहेको उक्त ट्याक्टरले साइकलमा सवार दुुई बालकलाई पछाडीबाट ठक्कर दिँदा साइकल पछाडी बसेका ८ वर्षीय छोटेलाल ठाकुरको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक आमोद कुमार यादवले बताए । ठक्करबाट गम्भिर घाइते साइकलचालक १२ वर्षीय सन्तोष ठाकुरको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा शुक्रबार आज ५ः३० बजे मृत्युु भएको यादवले जानकारी दिए । ठक्कर दिएको ट्याक्टर इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको र हालसम्म पहिचान हुन नसकेका ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । हाल लालबकैया नदीबाट गिटीबालुवा ढुवानी गर्न दैनिक सयौं ट्याक्टर कटहरिया भई ओहरदोहर गर्ने गरेका छन् । अधिकांश चालक सिकारु रहेको र कानमा इयरफोन लगाएर गीत सुुन्दै तीव्र गतीमा लोड ट्याक्टर कुदाउने गरेकाले दुर्घटना झनै बढेको कटहरिया नगरपालिकाका प्रवक्ता चन्दन कुश्वाहाले जानकारी दिए । दुर्घटना हुँदा सिकारु चालकको ठाँउमा प्रहरीको मिलोमतोमा सवारीचालक अनुमतिपत्र पाएका चालकले जिम्मा लिने गरेकाले पनि जथाभावी ट्याक्टर चलने गरेको प्रवक्ता कुश्वाहाले दावी गरे ।

२०७६ जेठ १७ गते प्रकाशित