A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालहिंसा बढ्दो, छिमेकमै हत्यारा

२०७६ जेठ १० गते शुक्रबार बिहान वीरगन्जस्थित प्रगतिनगर निवासी शम्भु साहका नौ वर्षीय छोरा करनको अपहरण भयो। घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए। त्यसको दुई घण्टापछि करनको हत्या भयो। प्रहरीका अनुसार अपहरणकारीहरूले करनलाई सम्हाल्न नसकेपछि तीनजना मिलेर घाँटी थिचेर हत्या गरे। २०७६ वैशाख २३ गते साँझ पाँचतिर बजे धनुषाको मिथिला नगरपालिका–६, ढल्केबर बस्ने शम्भु साहका अढाई वर्षीय छोरा समीरको अपहरण भयो। आफ्नै घरअगाडि फूलको बोटमुनि खेलिरहेको अवस्थामा आफ्नै छिमेकी शत्रुधन महतोले समीरलाई अपहरण गरेका थिए। दुई वर्षदेखि धामीझाँक्रीको काममा लागेका महतोले सोही राति करिब दुई बजे आफ्नै आँगनमा समीरको घाँटी काटेर हत्या गरे। महतोले नरबलि चढाएपछि झाँक्रीको काममा सिद्धि प्राप्त हुन्छ भन्ने अन्धविश्वासमा परी समीरको हत्या गरेको बयान दिएका छन्। २०७६ वैशाख १३ गते सप्तरीमा १२ वर्षीय लक्ष्मण यादव अपहरणमा परे। सप्तरी, राजगढ गाउँपालिका–३, नर्घोका जागेश्वर यादवका छोरा लक्ष्मण आफ्नै गाउँमा आएको मामाको जन्तीमा सहभागी भएको बेला अपहरणकारीको निसानामा परेका थिए। परिवारजनको सहयोग र प्रहरीको सक्रियता बढेपछि करिब एक हप्तापछि भारत, बिहारको सीतामढी जिल्लास्थित शिवहर भन्ने स्थानबाट लक्ष्मण सकुशल अपहरणमुक्त भए। लक्ष्मणको अपहरणमा पनि छिमेकीकै व्यक्तिको संलग्नता देखियो। २०७५ फागुन २ गते धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुर बस्ने देवनारायण रसाइलीकी ११ वर्षीया छोरी रेश्मा भन्ने दुतिया रसाइली छिमेकीको बिहेमा नाचगान गरी रमाइरहेको अवस्थामा अपहरणमा परिन्। उनलाई राति नै बस्तीदेखि करिब दुई सय मिटर पर उखुबारीमा लगेर बलात्कार र हत्या गरियो। यस्तो जघन्य अपराध गर्ने दुतियाका छिमेकी नै थिए।

बढीको हत्या भएको प्रहरी तथ्यांक

२०७५ असोज २७ गते घरनजिकै दुर्गा पूजाको अवसरमा लागेको मेलाबाट धनुषाको औरही गाउँपालिका–२ परवाहाकी १० वर्षीया मनिषाकुमारी यादवको अपहरण भयो। गाउँकै दुईजना मिलेर बस्तीदेखि पर खेतमा लगी बलात्कार र हत्या गरियो। घटना लगत्तैपक्राउ परेका उनीहरू पनि मनिषाका छिमेकी हुन्। २०७५ भदौ ११ गते महोत्तरीको औरही गाउँपालिका–१ स्थित बजारबाटै आठ महिने शिशु बालिकाको अपहरण भयो। भोलिपल्टै ती बालिकाको शव भंगहा नगरपालिकाको सीमा क्षेत्रमा फेला प¥यो। आफ्नै पसलमा आमाको काखमा खेलिरहेकी बालिकालाई एकजना अपरिचित युवकले सन्तोष ९बालिकाका बाबु० लाई खोज्दै त्यहाँ पुगे र सन्तोषको साथी रहेको परिचय दिँदै आमाको काखबाट बालिकालाई खेलाउन भनि बोके। एकैछिनमा ती अपरिचित व्यक्ति बालिकासहित गायब भए, भोलिपल्ट शव भेटेपछि मात्रै घटनाको रहस्य बाहिर आयो। २०७५ जेठ २२ गते बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७, जीतपुरबाट स्थानीय ललनप्रसाद साहका छोरा अंकितलाई अपहरण गरिएको थियो। अपहरणकारीले अंकितको परिवारसँग १५ लाख रुपैयाँ फिरौती लिए। फिरौती रकम लिए पनि अपहरणकारीले अंकितलाई अपहरणमुक्त नगरी सम्भवतः पोल खुल्ने डरले हत्या गरे। माथिका घटना शृंखला एक वर्षयता प्रदेश २ का केही जिल्लामा देखिएका बढ्दो बालहिंसाका प्रतिनिधिमूलक उदाहरण हुन्। प्रदेश २ मा एक वर्षमा दुई दर्जनभन्दा बढी बालबालिका अपहरणमा परेको र आधा दर्जनभन्दा बढीको हत्या भएको प्रहरी तथ्यांक छ। प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले पछिल्लो समय देखापरेका बालहिंसासम्बन्धी घटना शृंखला सामाजिक विकृतिको नमूना भएको बताउँछन्। ‘कतै नरपिशाच प्रवृत्तिले अबोध बालिकाहरूको ज्यान लिइरहेको देखिन्छ भने कतै परिवारिक रिसइबी साँध्न दूधे बालकसमेतको हत्या भएका घटना बाहिर आइरहेका छन्,’ डिआइजी पालले नागरिकसँग भने, ‘यसप्रकारका आपराधिक घटना नियन्त्रण गर्न प्रहरी दिनरात खटिइरहेकै छन्। तर सामान्य रिसइबी साध्न पनि हत्याजस्तो जघन्य अपराधमा उत्रिन थाल्नु मानवमा मानवीयताको अभाव र संवेदनशीलता हराइरहेको बुझिन्छ।’अपराध भइसकेपछि प्रहरीले कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाहीका लागि अग्रसर रहेको जिकिर गर्दै उनले घटना हुन नदिन सामाजिक चेतना फैलाउने कार्यमा पनि प्रहरी क्रियाशील रहेको बताए। ‘सामुदायिक प्रहरी अभियानअन्तर्गत सबै प्रकारका आपराधिक घटनाविरुद्ध जनचेतना फैलाउने, अपराध गर्नेलाई कानुनी कारबाही र दण्ड–सजायबारे सचेत गराउने, मादक पदार्थ सेवन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने जस्ता काम भइरहेको छ,’ पालले थपे, ‘सिंगो समाजलाई सचेत र जिम्मेवार बनाउनु नै सामाजिक अपराध र घरेलु हिंसा रोक्न मुख्य विकल्प हो।

२०७६ जेठ २० गते ७:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: