समाचारमा बालबालिका

सात वर्षीया बालिका बलात्कृत

पर्वत विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। जिल्लाको पैयूँ गाउँपालिका ६ सरौँखोला घर भएका सुरजले खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए। इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकार छन्। घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरेको हो। पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि स्याङ्जाको वालिङ अस्पतालमा पठाइएको छ। पक्राउ परेका सुरजसँग घटनाको विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।

२०७६ जेठ १७ गते प्रकाशित