A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हाडनाताभित्रै यौन हिंसा गर्दा

जब उनी पक्राउ परे, यौन हिंसाका आरोपमाथि आरोप थपिँदै गयो । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनी हाडनाता करणीका थप घटनामा पनि संलग्न देखिएका छन् । उनको यौन आपराधिक दृष्टि नातेदारभित्रै पर्ने गरेको अनुसन्धानपछि खुलेको हो । आफ्नै छोरीलाई सात वर्षसम्म बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि उनी दोलखा कारागारमा छन् । पक्राउ पर्नेबित्तिकै आफन्तभित्रकै अरू पीडितले पनि यौन हिंसामा परेको बयान दिइरहेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । चरिकोटमा व्यवसाय गर्ने ती ग्रामीण युवक हेर्दा सज्जन व्यापारी देखिन्थे । मुख्य बजारमा उनको राम्रो कारोबार हुने पसल छ । ३६ वर्षका उनी पक्राउ पर्नुअघिसम्म बिहानदेखि बेलुकीसम्म पसलमै देखिन्थे । श्रीमती पनि सघाउन व्यवसायमा साथै हुन्थिन् । १७ वर्षकी छोरी र १३ वर्षका छोरा भएका दम्पती सुखी र खुसी परिवार मानिन्थे । बाबुलाई आफ्नै छोरीमाथि बलात्कार गर्ने गरेको आरोपपछि परिवारभित्र आँधी चलेजस्तै भयो । छोरीको उजुरीपछि उनलाई पक्राउ गरियो । पसल बन्द छ । छोरी परोपकारी संस्थाको सहारामा छिन् । श्रीमती भने श्रीमान्लाई आरोपबाट बचाउन डौदधुपमा छिन् । प्रहरीका अनुसार संकलित प्रमाण, बयानहरू र घटनाक्रमले छोरी १० वर्षकी हुँदा पहिलो पटक कुदृष्टि राखेको देखिन्छ ।

श्रीमतीको आँखा छल्दै छोरीलाई माया गरेजस्तो गरेर आपराधिक इच्छापूर्ति गर्ने क्रम बढ्दै अन्ततः यौन सम्पर्कसम्म पुगेको छ । सुरुमा फकाएर, पछि पैसा र धम्कीको उपाय अपनाएको समेत पाइएको प्रहरीले जनाएको छ । छोरी र नातेदारहरूको बयान तथा चिकित्सक रिपोर्टहरूले सात वर्षदेखि छोरीले यौन हिंसाको त्रासमै बिताइन् ।त्यो अवधिमा करिब दुई दर्जन पटक शाररीक पीडाजनक अवस्था बेहोर्नुपरेको छोरीको बयानमा छ । आफ्नो छोरीबाट सुरु भएको युवकको यौन आपराधिक मन आफन्तभित्र फैलँदै गएको तथ्यहरू प्रहरीले फेला पारेको छ । अति गोप्य राखिएको बयानअनुसार युवक पसलको सामान किन्न काठमाडौं गएका बेलासमेत आफन्त महिलामाथि यौन आक्रमणको धुनमा हुन्थे । एक युवतीको बयानमा पाहुना बसेको घरमा समेत युवक यौन आपराधिक भोक मेटाउने खोज्थे । प्रतिकार गरेर बँचेको बयान दिनेहरू पनि छन् । हाडनाताभित्र यौन कुण्ठा मेटाउने अपराधमा संलग्न युवकको मनोविज्ञानबारे प्रहरीले खोजी गरेको थियो । ‘आफन्तभित्र अपराध गरेको गोप्य सूचनाहरू आए पनि बाहिरी यौन हिंसा खुलेन,’ प्रनाउ पाठकले बताए । छोरीले सुरुका दिनहरूमा मनमा गहिरो पीडाबोध गरे पनि त्यस्तो घीनलाग्दो कुरा लुकाउँदै गइन् । ‘अति नै भएपछि आमालाई बाबुसँग आपत्तिजनक र पीडापूर्वक सुत्नुपरिरहेको सुनाएँ,’ छोरीले भनिन्, ‘आमाले पत्याउनु नै भएन, उल्टै गाली खाएँ ।’ ‘घरको डरलाग्दो अवस्थाबाट छुट्कारा पाउन एक वर्षअघि केटासाथीसँग भागेँ’, उनले भनिन्, ‘बुबाले मलाई केटाबाट हिंसात्मक ढंगले छुटाउनुभयो ।’ छोरी फर्काउन युवक आक्रोशित हुँदै खोजी कार्यमा निस्किएका युवकले काठमाडौंमा बसेका छोरीलाई ज्वाइँसँग जबरजस्ती फर्काएर ल्याएको प्रहरीको रेकर्डले जनाउँछ । छोरीलाई केटासँग छुटाएर ल्याएपछि पनि युवकको भोग पोख्ने शरीर छोरी नै भएपछि घटना बाहिर आएको हो । अन्यायको क्रम नरोकिएपछि छोरी फेरि भागेर काठमाडौं पुगिन् । पत्याउनै नसकिने घटनाबारे मावलीमा सुनाइन् । मावली खलकको सहारामा बालाजु प्रहरी वृत्तमा उजुरी पर्नेबित्तिकै दोलखास्थित जिल्ला प्रहरी कार्यालयले युवकलाई उनको पसलबाटै पक्राउ गरेको हो । अहिले युवकलाई हाडनाता र जबरजस्ती करणीको दुईवटा अभियोग छ।

२०७६ जेठ १९ गते ९:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: