A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छात्राले सिके प्याड बनाउन

मुसीकोट नगरपालिका(५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ। विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो। विद्यालयका स्यानिटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएकी थिइन्। प्याड बनाउने कला सिकेपछि कक्षा १० मा अध्ययनरत छात्रा कल्पना ओलीको अध्यक्षतामा गठित स्यानिटरी प्याड निर्माण समितिको सक्रियतामा करिब १५० वटा स्यानिटरी प्याड बनाइएको छ। प्याड बनाउनका लागि कपडालगायत आवश्यक वस्तु खरिद गर्नका लागि विद्यार्थी आफैंले प्रतिछात्रा रु २० का दरले रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले बताए। महिनावारी भएको समयमा कुनै पनि छात्रा विद्यालयबाट बञ्चित नहुन् भन्नका लागि विद्यालयमा प्याड बनाउन सिकाइएको उनको भनाइ छ। स्यानिटरी प्याडको निर्माण, निर्माण गर्नुको उद्देश्य तथा निर्माण भइसकेका प्याड र प्रयोग भएका प्याडको व्यवस्थापनका बारेमा प्रअ पौडेलले विद्यार्थीलाई आवश्यक सल्लाहसहित सिकाएका थिए।

२०७६ जेठ १९ गते ४:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: