A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुले विद्यार्थीको सहायताले पक्राउ परे बलात्कार आरोपी

दिया अधिकारी दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा ९ मा अध्ययरत् छिन्। गत हप्ता बिहीबार साथीहरूसँग पहिलो पटक उनी प्रहरी कार्यलयमा पुगिन्। प्रहरीले कार्यालयमा कस्तो काम गर्दोरहेछ, प्रहरीले सर्वसाधरणसँग कस्तो व्यवहार गर्छरु उनलाई थाहा थिएन। प्रहरी देख्दा र सुन्दा उनको मनमा डर पैदा हुन्थ्यो। प्रहरीको छेउछाउ उनी परेकी थिइनन् पनि। बिहीबार इलाका प्रहरी कार्यालय झिलझिलेमा पुगेपछि भने उनको बुझाइ फरक भयो। ‘प्रहरी त हाम्रो साथी पनि रहेछ भन्ने बुझेँ,’ कार्यालयबाहिर निस्केपछि उनले भनिन्। महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना उनले सुन्ने गरेकी थिइन्। कलिला बालिका बलात्कारका घटना सुन्दा सन्त्रास छाउँथ्यो। प्रहरीसँग एक दिन अन्तरक्रिया गरेपछि उनले आफू र आफ्नो समाजलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने राम्ररी बुझेकी छिन्। अब उनी आफैं आएर उजुरी गर्न सक्ने भएकी छिन्। उनले भनिन्, ‘अब मलाई डर छैन, प्रहरीमा आएर निर्धक्क कुरा राख्न सक्छु। दियासँग प्रहरी कार्यालय पुगेका उनकै समकक्षी दर्पण निरौला पनि व्यक्ति, गाँउ घर र समाजको सुरक्षाका लागि प्रहरीले सिकाएका उपायबाट उत्साहित छन्। उनले भने, ‘कुनै अपराधका घटना हुन लागेको वा भए, प्राकृतिक प्रकोपको घटनामा सय नम्बरमा फोन गर्नुपर्दोरहेछ,सडक दुर्घटना भए ट्राफिक प्रहरीलाई खबर गर्नुपर्ने रहेछ।’कुसुम अधिकारी पनि दिया र दर्पणसँगै प्रहरी कार्यालयमा गएकी थिइन्। उनले इलाका प्रहरी कार्यालयको मुद्दा शाखा, प्रशासन शाखा, हिरासत कक्ष, कार्यालय प्रमुखको कार्यकक्ष, प्रहरी सहायता कक्ष, डिउटी अफिसरको कार्यकक्ष, सेवाग्राही आउँदा बस्ने र छलफल गर्ने ठाँउ निरीक्षण गरे।यो विद्यालयका कक्षा ९ का ४० भन्दाबढी विद्यार्थीले प्रहरीबाट पाउने सेवाको जानकारी लिए। ‘सुरुमा हामीलाई प्रहरी कार्याालयमा किन बोलाएको होला भनेर डर भयोे, हामीले साथीसँग पनि कानेखुसी गर्दै भन्यौं,’ अर्की निलिसा पौडेलले भनिन्, ‘कसले के गल्ती गर्यो अब पुलिसको चुटाइ खाने भइयो भनेर डरायौं तर, हामीलाई सिकाउन पो ल्याइएको रहेछ।’विद्यार्थीसँग विषयगत शिक्षक गोविन्द काफ्ले पनि थिए। कक्षामा अपराधका विषयमा सिकाइ हुन्थ्यो। काफ्लेले भने, ‘विद्यार्थीले अतिरिक्त सिकाइ पाए।’ प्रहरी कार्यालयमा आएका अधिकांश विद्यार्थी जिज्ञासु थिए। कतिपय विद्यार्थीले लागुऔषध, यौन दुरव्यवहारका घटनाका बारेमा प्रहरीसँग खुलेर कुरा गरे। विपरीत लिङ्गी, आफन्त वा साथीहरूबाटै हुने यौन दुव्र्यवहारका घटना समाजमा हुने गरेको पनि उनीहृले प्रहरीलाई सुनाए। यस्ता घटना हुन खोजे आफैंले प्रतिकार गर्ने, अभिभावकलाई सुनाउने, प्रहरीलाई खबर गर्ने जस्ता कुरा सिक्न पाएको विद्यार्थीले बताएका छन्। झापामा ‘प्रहरी मेरो साथी कार्यक्रम’ लागू छ। जिल्लाका सबै प्रहरी कार्यालयमा ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालित भए पनि एकाधबाहेक सबै प्रहरी युनिटले प्रहरीसँग सर्वसाधरणको बुझाइ स्पष्ट गर्न सकेका छैनन्। जसका कारण अपराध नियन्त्रण समेत हुन नसकेको स्वयम् प्रहरीको बुझाइ छ। इलाका प्रहरी कार्यालय झिलझिलेले एक दिन विद्यार्थीसँग गरेको अन्तक्रियाका कारण बालिका बलात्कारका आरोपी पक्राउ परे। विद्यार्थी प्रहरी कार्यालयमा आफैं आएर उजुरी गरे।

यस्तो थियो घटना

विद्यार्थी र प्रहरीबीच अन्तरक्रिया भएकै दिन शिवसताक्षी नगरपालिका–११ मा एउटा जबरजस्ती करणी भएको थियो। दुधेका ४१ वर्र्षीय एक मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेको घटना ढाकछोप प्रयास भइरहेको थियो। बिहान घरमा कोही नभएको मौका छोपेर मामाले करणी गरेका थिए। कसैलाई नभन्न दबाब दिएका थिए। स्थानीय एक विद्यालयमा अध्ययनरत् ती किशोरीले आइतबार साथीलाई रुँदै घटनाबारे सुनाएपछि बलात्कारको घटना बाहिर आयो। घरमा कोही नभएको मौका छोपेर मामाले पटक–पटक यौन दुर्व्यहार गर्ने गरेको पीडितले उनका साथीलाई सुनाइन्।साथीले आफ्ना अभिभावकलाई सुनाइन्। प्रहरीका अनुसार साथीसँग इलाका प्रहरी कार्यालय झिलझिले आएकी पीडितले घटनाको नालिबेली उल्लेख गरेपछि प्रहरीले तत्काल आरोपी पक्राउ गर्‍यो। इलाका प्रहरी कार्यालय झिलझिलले मामालाई सोमबार पक्राउ गरेको छ। पीडितका बुवा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेपछि प्रहरीको आग्रहमा किशोरी अध्ययनरत विद्यालयकी एक शिक्षिकाले किटानी जाहेरी दर्ता गराएकी छिन्। यतिबेला प्रहरी कार्यालयमा सर्वसाधरणको भन्दा बढी विद्यार्थीको फोन आउन थालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। विद्यार्थीको सहायताले आरोपी नियन्त्रणमा लिन सकेको यो घटनाबाट प्रहरीले पाठ सिकेको छ। समाजमा हुने अपराध नियन्त्रण गर्न विद्यार्थीको मद्दत प्रभावकारी भएको यो घटनाबाट पुष्टि भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए। हिजोआज प्रहरीले कहिले स्थानीय तहका जनप्रतिनिधि, कहिले गैरसरकारी संस्थाका प्रतिनिधि त कहिले विद्यार्थी बोलाएर गाउँघरका अपराध खोज्न थालेको छ। यस्ता कार्यक्रमले सर्वसाधरणले प्रहरीसँगको बुझाइमा फरकपन आएको र अपराध नियन्त्रणमा सघाउ पुगेको गिरीले बताए। स्थानीय सेभेनसिज बोर्डिङ स्कुल, झिलझिले माध्यमिक विद्यालय र पशुपति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीले प्रहरीले गर्ने कामको बारेमा अन्तरक्रिया गरिसकेका छन्। प्रहरी निरीक्षक गिरीले भने, ‘यो कार्यक्रम गाउँ–गाउँ लैजाँदैछौं।’

२०७६ जेठ १७ गते ६:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: