समाचारमा बालबालिका

हावाहुरीले नवलपरासीमा बालिकाको मृत्यु, ८० घरमा क्षति

आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीकी १० वर्षीया अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए। जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको हो। हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए। हावाहुरीले विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करिब ८० घरमा क्षति पु¥याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए। हावाहुरीले घरको छानो उडाइदिएको छ। हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ।

२०७६ जेठ २० गते प्रकाशित