A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तीर्थयात्रु बोकेको जीप दोलखामा दुर्घटना, एक महिने शिशुको मृत्यु

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको जीप् दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार साँझ बा १२ च ८७७१ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् भने दुईको अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार भीमेश्वर नगरपालिका–१ ओडारे भन्ने स्थानमा ब्रेकफेल हुँदा बोलेरो करिब २५ मिटर तल झरेको छ । गम्भीर घाइतेको साधारण चेकजाँच पछि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको थियो । मृत्यु हुनेमा रामेछाप जिल्ला साविकको प्रीति गाविस वडा नम्बर ९ का २५ वर्षीय नानिमाया तामाङको एक महिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए । आमा नानिमायाको अवस्था पनि चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । नानिमायाको धुलिखेल अस्पताल, काभ्रेमा उपचार भइरहेको छ । गाडीमा सवार अन्य भने सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ । गाडी धनी तथा सवारी चालक कालीञ्चोक गाउँपालिका–२ बस्ने २४ वर्षीय निमा शेर्पा र बिगु गाउँपालिका–९ का ३५ वर्षीय चन्द्रकुमारी तामाङको अवस्था सामान्य रहेको बताइएको छ ।

२०७४ माघ ९ गते ११:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: