A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोबाईलले गरेको बाल विवाहको परिणाम ‘न गरी खानु न मरी जानु’

बझाङमा पछिल्लो समय मोवाइल फोन बालविवाहको कारण बनेको छ । मोबाइल फोनकै कारण सानै उमेरमा विवाह गर्ने प्रचलन बढ्दै गएको छ । सानो कक्षामा पढ्दा नै अभिभावकले छोराछोरीको हातमा मोबाइल दिने गरेपछि पढाई भन्दा बढी ध्यान मोबाइलमा जाने गरेको छ । पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मोवाइलबाट फेसबुक चलाउने, मोवाइलमा लामो समय माया पे्रमका कुरा गर्ने र मोवाइलमै भेटेका केटाकेटीसँग उमेर नपुग्दै बाल विवाह गर्ने गरेका छन् । कलीलै उमेरमा विवाह गरेपछि चौध–पन्ध्र वर्षको उमेरमा नै बालबच्चा जन्मिने र सोच्दै नसोचेको पीडा भोग्न बाध्य हुने गरेका छन् । सुर्मा गाँउपालिका–२ की मेनुका बोहराले आधावगर माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा साथिहरुको हात हातमा मोवाइलले देख्नुभयो । उहाँलाई पनि मोवाइल किन्न रहर लाग्यो । उहाँले घरमा दिनदिनै मोवाइल किन्दिन आमाबुबालाई भनिरहनुभयो । मोबाइल नकिनिदिएसम्म विद्यालय नै नजाने भनेपछि उहाँका बुबाले उहाँलाई मोवाइल किनिदिनुभयो । त्यसपछि उहाँले मोवाइललाई गीत सुन्ने माध्यममात्र बनाउनुभएको थियो । मोवाइल किनेको एक महिनापछि घाँस काट्न गएको बेला अचानक मोवाइलको घण्टी बज्यो । नयाँ नम्बर थियो । उहाँले साथिहरुले फोन गरेको हो की भनेर फोन उठाउनुभयो । उहाँले फोन उठाउने वित्तिकै प्रिय भन्ने सम्बोधन सुनियो । नयाँ नम्बर । केटाको आवाज । मेनुका एकैछिन रनभुल्लमा पर्नुभयो । उहाँलाई अचम्म लाग्यो । केही बोल्नुभएन । धेरैबेर चुपलागेर बसेपछि उता बाटै आवाज आयो । ‘किन नबोलेको प्रिय रु’ त्यसपछि मेनुकाले सोध्नुभयो, ‘तपाईले कस्लाई खोज्नु भएको रु यो गलत नम्बर पर्यो कि रु’ यो वाक्य पुरा गर्न नपाउँदै उताबाट आवाज आइहाल्यो ‘मैले मेनुका बोहरालाई खोजेको’ । त्यसपछि मेनुकाले सोध्नुभयो, तपाई को हो रु मैले चिनिनँ । त्यसपछि फोनमा बोल्ने मान्छेले भन्यो, मैले चिनेको छु तिमीलाई । त्यसपछि उसले भनिहाल्यो, ‘म तिमीलाई धेरै माया गर्छु’ यति भन्नासाथ मेनुकाले फोन राख्नुभयो ।

त्यसपछि बारम्बार त्यस नम्बरबाट मेनुकालाई फोन आउन थाल्यो । मेनुकाले बारम्बार मैले चिनेको छैन भन्दै फोन काटिरहनुभयो । सुर्मा गाँउपालिकाको पटुडी र काँटैमा चौदशि मेला लाग्थ्यो । गाँउका सबै मानिस  त्यही मेला हेर्न जाँदा मेनुका पनि जानुभएको थियो । उहाँका एउटै कक्षामा पढेका साथिहरु खिना बोहरा, आशा बोहरा, तुलसि बोहरा पनि सँगै गएका थिए । रात पर्नै लागेको थियो । सबैजना मेलामा पुगेका थिए । फेरी मेनुकाको फोन बज्यो । उहाँले मोवाइलमा हेर्दा त्यही नम्बर थियो । सधैँ फोन आउने गरेको थियो । उहाँले फोन उठाउनुभयो । फोनमा मेनुका मेलामा आएको र फोन गर्ने केटाले उहाँलाई देखिरहेको प्रतिक्रिया पाएपछि उहाँ छक्क पर्नुभयो । उहाँले रातो ज्याकेट लगाएर मेलामा जानुभएको थियो । यसरी त्यो मान्छेले आफूलाई पछ्याइरहेको थाहा पाएपछि उहाँ मनमनै डराउनुभयो । उहाँले मेलामा यता उता हर्नुभयो । धेरै मान्छे मेलामा आएका थिए । त्यहाँ निकै भिँड थियो । उहाँलाई को मान्छेले मलाई पछ्याइरहेछ भनेर चिन्न सक्नुभएन । मेनुका आफ्ना साथिहरुसँगै खाजा खान जानुभयो । खाजा खाइसकेपछि पैसा तिर्न जाँदा पैसा तिरिसकेको जानकारी पाएर अचम्ममा पर्नुभयो । पैसा कसले तिर्यो होला उहाँको मनमा जिज्ञासा थियो । फेरी एकैछिनमा उहाँको मोवाइलको घण्टी बज्यो । फोन गर्ने मान्छे उही थियो । उसैले उनीहरुको खाजाको पैसा तिरेको थियो । त्यसपछि मेनुकालाई त्यो फोन गरिरहने मान्छेसँग भेट्न मन लाग्यो । दुबैजना एक अर्कामा परिचित भए । 

यसरी मोबाइलमा दिनप्रतिदिन फोन गर्दै गर्दा दुबैबीच माया प्रेमका कुरा हुन थाल्यो । यसैबीच मेनुकाले कक्षा सातमा पढ्दा नै भागेर त्यो केटासँग विवाह गर्नुभयो । यस्तै दाँतोलाकी हिमालय माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्यनरत १५ वर्षीया रमा विष्टको पनि सानै उमेरमा विवाह भएपछि दैनिकी कष्टकर बनेको छ । रमाले धेरै पढेर नर्स बन्ने सपना बोक्नुभएको थियो । कक्षा सातमा पढ्दा नै विवाह गर्नुभएकी रमाको एक वर्षमा नै छोरी जन्मिइन् । उहाँ नौ कक्षामा पढ्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘अहिले घरको काम भ्याईनभ्याई हुन्छ । पढाई छुट्यो । घर बडारकुडार लिपपोत, गाई दुहुने, धान कुट्ने काम विहानै गरी सक्नु पर्छ । डोको नाम्लो बोक्यो घाँस काट्न गयो ।  फर्किँदा दश बजिसकेको हुन्छ । खाना खाएर विद्यालय जान पनि भ्याउँदिन । कहिलेकाहीँ त पहिलो विषय नै छुटिसकेको हुन्छ ।’ तीन वर्ष अगाडी विवाह के हो रु भन्ने थाहा नै नपाई विवाह गरेकी  रमा विष्ट जस्तै हिमालय माध्यमिक विद्यालयमा पढ्ने ५६ जना छात्राहरु यस्तै किसिमको सकसपूर्ण दैनिकी सँग जुध्दै सुखद् भविष्यको आसामा पढाइलाई निरन्तरता दिइ रहेका छन् ।  उनले पनि फोनमा कुरा गर्दागर्दै विवाह गरेकी थिइन् ।  सुर्मा गाँउपालिका दौलिचौरका नरेन्द्र बहादुर बोहरा र उनकी श्रीमति सर्मिला बोहराले पनि सानै उमेरमा विवाह गर्नु भएको थियो । अहिले सर्मीलाको दुई बर्षको छोरा छ । सत्यवादी उच्च माध्यमिक विद्यालयमा नौ कक्षामा पढ्दै गर्दा सर्मिलाले नरेन्द्रलाई फोन गर्नुहुन्थ्यो । सर्मिलाका बुबाले छोरीले अरु केटालाई फोन गरेको थाहा पाएर उहाँको मोवाइल नै फुटाइदिनुभयो ।

बुबाले फोन फुटाइदिएपछि पनि सर्मिलाले साथिहरुको मोवाइलबाट फोन गर्न थालिन् । पछि नरेन्द्रले नै सर्मिलालाई मोवाइल किनिदिनुभयो । आठ कक्षामा पढ्दै गर्दा सर्मिलाले नरेन्द्रसँग विवाह गर्नुभयो । सर्मिलाले भन्नुभयो, ‘अहिले दुबै जना विद्यालय जाँदैनौ । घरको काममा नै ठिक्क छ । तर जीवन भने दिक्क लाग्दो बनेको छ । सँगैका साथिहरु रोजगारी गर्न थालेका छन् । तर हामीले भने यस्तो जीवन जिउनु परेको छ ।’यस्तै मोवाइल बाट माया पे्रम बसेर १९ बर्षको उमेरमा नै दुई छोरा र एक छोरीकी आमा बन्नु भएकी सुर्माकी तुलसी बोहराको पनि उस्तै ब्यथा छ । मोवाइलमा माया पे्रमका कुरा गर्दै उनले पाँच वर्ष पहिले विवाह गर्नुभयो । सुर्मामा जस्तै रिलु, मेलविसौना, मष्टा, काँडा, सर्मा दौलीचौर, मौलाली, सैनपसेला, भातेखोल, देउलीकोट, बुंगललगायत जिल्लाका २२ भन्दा वढी ठाउँमा अहिले पनि सानै उमेरमा विवाह गर्ने प्रचलन छ । सात कक्षामा पढ्दै गर्दा विवाह गर्नुभएकी अर्की १३ वर्षीया प्रियङ्का विस्टका अनुसार घरबाट विद्यालय जानु र माइतबाट विद्यालयमा जानुमा धेरै फरक छ । उहाँ भन्नुहुन्छ, ‘घरमा त सबै काम आफैँले गरेर मात्र विद्यालय जान पाइन्छ । घरकै काम गर्न भ्याइँदैन ।’११ वर्षकै उमेरमा ६ कक्षामा पढ्दै गर्दा विवाह गर्नु भएकी १५ वर्षिया गोमा कुमारी विष्ट अहिले १० कक्षामा पढ्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विवाह गरेपछि पढ्न निकै दुःख हुन्छ । दुःख गरेर पढे पछि सुख पाइएला कि ?’

सुर्मा र आसपासका गाँउपालिकामा अधिकांस छात्राहरुको १२ देखि १५ बर्षको उमेरमा विबाह हुने गरेको दौलिचौर माविका प्रधानाध्यापक शिवराज जोशिले बताउनुभयो । ‘विवाह गर्नुअघि उत्कृट हुने छात्राको पनि विवाह पछि पढाइ कमजोर भएको पाएका छौँ । जोशीले भन्नुभयो ‘अन्य छात्राको भन्दा विवाहीत छात्राको हाजिरी कम छ ।’ अहिले यहाँ बढी जस्तो मोवाइलका कारण विवाह गर्ने प्रचलन बढी रहेको छ । सानै उमेरका विद्यार्थीहरुको हातमा मोवाइल रहेका कारण भागेर विवाह गर्ने प्रचलन बढीरहेको उहाँले बताउनुभयो । यो समस्या एक दुई ठाँउको मात्र नभई जिल्ला भरी नै छ । कम उमेरमा नै विवाह गर्ने, छोराछोरी जन्माउने अनि विद्यालय छोड्ने पनि उत्तिकै छन् । यस्तै जालपा उमाविमा अध्यनरत विवाहित १५ बर्षीया कमला खड्का सानो उमेरमा विवाह नगर्न अरुलाई सुझाव दिनुहुन्छ । विवाहित छात्राहरु पढाइको भन्दा बढी घरधन्दाको बारेमा सोच्ने हुनाले उनीहरुको पढाइमा ध्यान केन्द्रित हुन नसकेको हिमालय माध्यमिक विद्यालयकी शिक्षिका जानकी विष्टले जानकारी दिनुभयो । सानै उमेरमा विवाह हुदा शैक्षिक मात्र नभइ शारिरिक र मानसिक रुपमा पनि उनीहरु कमजोर हुने गरेका छन् । यस ठाउँका मानिसहरु कृषि पेशामा आवद्ध छन् । यस जिल्लामा स(साना केटाकेटी देखि बुढाबुढीले समेत सक्दो काम गरिरहेका हुन्छन् । पहिलेको तुलनामा छोरी बुहारीलाई पढाउनु पर्छ भन्ने भावनाको विकास भएको भए पनि सानैमा विवाह गर्ने प्रचलनले स्कुले बुहारीको पढाइ कमजोर हुने गरेको छ ।  विभिन्न संघ संस्थाको सहयोगमा जिल्लाका तत्कालीन २० वटा गाविसमा  बालविवाहसम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गरिरहेको भए पनि यसबाट उपलब्धि हासिल हुन सकको छैन । जिल्ला समन्वय समिति बझाङको २०६६ सालको तथ्याङ्क अनुसार ५ सय २८ जना बालिकाले १० बर्ष भन्दा कम उमेरमा ८ हजार ८ सय ४२ जनाले १० देखि १४ वर्षमा ३३ हजार १ सय ३१ जनाले १५ देखि १९ वर्षको उमेरमा विवाह गरेका छन् । 

२०७४ माघ ८ गते ५:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: