समाचारमा बालबालिका

बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकासंग जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो गौशाला ९ घर भएका १८ वर्षीय विपिन रामलाई घर नजिकैका एक १० वर्षीया बालिकालाई उखुबारीमा लगि जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। युवक रामले दिउँसै बालिकालाई उखुबारीमा लगि जवरजस्ती करणी गर्न खाजेपछि बालिका चिच्याएको हल्ला सुनेर स्थानीय घटनास्थल पुगेर बालिकालाई उद्दार गरेका थिए। स्थानीयले युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। उनलाई हिरासतमा राखी जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।

२०७४ माघ ९ गते ६:५८ मा प्रकाशित