A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आमाको काखबाट अपहृत आठमहिने शिशुको हत्या

खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ। आइतबार साँझ साढे ६ बजे खेलाउने बहानामा अपरिचित एक युवकले आमा इन्द्रेश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए। भंगहा नगरपालिका अन्तर्गत मेघनाथ गोरहन्नाको अंकुशी नदी पश्चिममा रहेको फेकु चौधरीको बगैंचामा आँपको रुखमुनि सोमबार दिउँसो शिशुको शव भेटिएको थियो। हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए। नग्न अवस्थामा शव भेटिएको थियो, बालिकाको दायाँ गालामा झापड हान्नुका साथै बायाँ गालामा दाँतले टोकेको निसान देखिएको थियो, खड्काले भने, ‘टाउकोमा नीलडाम तथा नाकबाट मुखसम्म रगत बगेको थियो।’ पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा पहिचान हुने डिएसपी खड्काको भनाइ छ। 

सन्तोष रक्षाबन्धन मनाउन आइतबार सर्लाही मधुवनपटिस्थित बहिनी रिंकु चौधरीको घर गएका थिए। उनकी श्रीमती इन्दे्रश औरही–१ मा रहेको सिद्धान्त फेन्सी एन्ड रेडिमेड पसलमा छोरी खेलाएर बसिरहेकी थिइन् । इन्द्रेशका अनुसार त्यही बेला जिन्स पाइन्ट र टिसर्ट लगाएका अनि तालु खौरिएका अन्दाजी २५ वर्षीय एक युवक टोपी किन्ने भन्दै पसलमा आएका थिए। टोपी हेरेपछि ‘भाउ महँगो भएको, सन्तोष दाइ ९इन्द्रेशका श्रीमान्० ले मिलाएर दिनुहुन्थ्यो’ भनेका थिए। त्यही बेला पसलमा अन्य ग्राहक आएपछि आमाको काखमा रहेकी बालिकालाई ती युवकले खेलाउन थाले । इन्द्रेशचाहिँ अन्य ग्राहकलाई सामान देखाउन थालिन् । आमा इन्द्रेशको ध्यान ग्राहकतिर गएका बेला ती युवक बालिका ९शिशु० लाई उठाएर भागेका थिए। आँखाअगाडिबाट अपरिचित व्यक्तिले छोरी अपहरण गरेर बेपत्ता पारेपछि इन्द्रेश रुनकराउन थालेकी थिइन् । त्यसपछि भेला भएका छिमेकी तुरुन्त खोजीकार्यमा जुटे। बालिका अपहरणबारे खबर पाएपछि प्रहरीले खोजीकार्य तीव्र बनायो । बजारवरिपरिदेखि भारतीय सीमासम्म खोजी जारी राखे पनि आइतबार बालिकाको पत्तो लागेन। सोमबार बिहानैदेखि व्यापक प्रहरी परिचालन गरी खोजीकार्य जारी राखियो। स्थानीय व्यापारी पनि बजार बन्द गरेर खोजीमा जुटे। खोज्दै जाँदा सोमबार दिउँसो भंगहा नगरपालिकाको मेघनाथ गोरहन्नामा बालिकाको शव फेला परेको थियो । औरही नगरपालिका–१ का अध्यक्ष राजकिशोर चौधरीले शव भेटिएकोबारे प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खड्का नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। घटनास्थलबाट सुन्तला रङको गम्छा, कालो चस्मा र पेन्ट बरामद गरिएको छ। पसलमा जडान गरिएको सिसिटिभी फुटेजमा बालिकालाई युवकले उठाएर लगेको स्पष्ट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले बेलैमा खोजीमा तदारुकता नदेखाएकाले सोनालीको हत्या भएको आरोप परिवारले लगाएको छ। ‘मेरो छोरीको हत्यारालाई तत्काल पक्राउ गरी दण्ड दिनुपर्छ । हत्यामा अन्य दुईतीनजनाको हात हुन सक्छ, यसबारे खोजबिन हुनुपर्छ,’ बुवा सन्तोषले भक्कानिँदै भने । घटनासम्बन्धी अनुसन्धान भइरहेको र चाँडै अपराधी प्रहरीको नियन्त्रणमा आउने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी ईश्वर कार्कीले दाबी गरे। ‘हामीले अपराधीलाई समात्न सारा शक्ति लगाएका छौं। सिसिटिभी फुटेजका आधारमा अपराधीको पहिचान भइसकेकाले उसलाई पक्राउ गरी पीडित पक्षलाई न्याय दिलाउन लागि परेका छौं, उनले भने ।

२०७५ भदौ १२ गते ६:४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: