A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ओछ्यानबाटै हराएकी ११ दिनकी शिशुको खाल्डोमा पुरिएको अवस्थामा शव फेला

गएको भदौ ८ गते राति घरबाटै रहस्यमय रुपमा हराएकी ११ दिनकी मृत भेटिएकी छिन् । गोरखाको सिरानचोक गाउँपालीका २ थालाजुङ खमारीकी ती बालिका रहस्यमय रुपमा हराएकी थिइन् । न्वारान गरेकै रात स्थानीय सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका ओछ्यानबाटै हराएकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले  घरबाट ३ सय मिटर माथि बारीमा बोराभित्र राखेर खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको हो । मंगलबार बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमा रथीले नै छोरीलाई मारेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ ८ गते राति १ बजे आमा शौच गर्न गएका बेला बालिका हराएको जानकारी आए लगत्तै प्रहरीले खाजी कार्य शुरु गरेको थियो । रथी छोरीलाई लिएर राति सासूसँगै एउटै कोठामा सुतेकी थिइन् । राति १ बजेतिर बच्चा रोएपछि स्तनपान गराई सासूलाई जिम्मा लगाएर शौच गर्न गएका बेला बच्चा हराएको उनको दावी थियो । केही मिनेटकै बीचमा रहस्यमय रुपमा बच्चा हराएपछि प्रहरीले बच्चाको बुवा आमा सहित परिवारका सदस्यसँग सोधपुछ गरेको थियो । 

२०७५ भदौ १२ गते १२:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: