समाचारमा बालबालिका

महोत्तरीमा स्कुल हिँडेका बालक बेपत्ता

विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन्। धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हुन्। बेपत्ता विद्यार्थीको खोजीका लागि विशेष अभियान चालेको तथा उनको खोजतलाश व्यापक रुपमा भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। 

२०७५ भदौ १२ गते १२:४४ मा प्रकाशित