A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरी बेपत्ता हुने क्रम बढ्दो, राज्यका साथै परिवार पनि सजग बन्ने कि ?

कास्कीमा चार दिनको अन्तरालमा दुई बेपत्ता किशोरीको शव भेटियो । एकपछि अर्को गर्दै यस्ता घटना दोहोरिएका छन् । प्रहरीले यसको विषयमा अनुसन्धान भैरहेको जानकारी दिएको छ । विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा के।सी। गएको बिहीबार साढे ५ बजे विद्यालयको बसबाट घर भन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन् । साझसम्म घरमा नआएपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । बेपत्ता पुष्पाको शव शुक्रबार मात्र भेटिएको थियो । कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले हत्या वा लडेर कसरी ज्यान गएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको जानकारी दिनुभएको छ । पुष्पाको शव भेटिएको तीन दिन नबित्दै पोखरा २२ पुम्दीभुम्दीकी सुस्मिता लामिछानेको पनि सोमबार पोखराको फेवातालमा शव भटियो । घरमा केही नभनी हिँडेको भए पनि परिवारले फोन गर्दा भोलिपल्ट घर जाने बताएका सुस्मिताले छिमेकीलाई ‘लास्ट बाईबाई’ लेखेर म्यासेज गरेर बेपत्ता भएकी थिइन् । उनको झोला र मोबाइल पोखरा ड्यामसाइडको फेवा किनारमा भेटिएपछि प्रहरीको रेस्क्यू टोलीले खोजी गर्दा झोला र मोबाइल भेटिएको केही पर उनको शव भेटेको थियो । उनको म्यासेज हेर्दा आत्महत्या नै हो भन्ने आशंका गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी रविन्द्रमान गुरुङले थप अनुसन्धान भैरहेको बताउनुभयो । 

यसरी हत्या कि आत्महत्या भन्ने पुष्टि भैनसकेको अवस्थामा दोषी को हो भनेर भन्न सकिने अवस्था छैन तर परिवार अनि समाज सजग रहनुपर्ने महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी सल्लाहकार तथा अधिवक्ता जुनाकुमारी गुरुङको भनाई छ । हत्या आत्महत्या जे भए पनि राज्यबाट पनि सुरक्षाको ग्यारेण्टी हुनुपर्ने उहाँको भनाई छ । आफ्ना छोरीहरु कतिको सुरक्षित रहेका छन भन्ने कुरामा घरपरिवार अपडेट भैरहनुपर्नेमा उहाँको जोड थियो ।  पुष्पाको हकमा विद्यालय पनि जिम्मेवार रहनुपर्ने गुरुङले बताउनुभयो । समग्रमा घरपरिवार, समाज अनि सिङ्गो राष्ट्र नै यस्ता विषयमा सजग हुनुपर्ने उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी रविन्द्रमान गुरुङले आफूहरुले यस्ता घटना न्यूनिकरणको लागि लागिपरेको बताउँदै विशेष परिवार नै आफ्ना बालबच्चाको हरेक गतिविधिसँग नजिक हुनुपर्ने बताउनुभयो । सुरक्षा व्यवस्था कडा पारेर मात्रै घटना नियन्त्रण गर्न कठिन छ,’ डीएसपी गुरुङले भन्नुभयो, ‘जनस्तरमै यस्ता विषयमा जागरण ल्याउन सके राम्रो हुनेछ । 

२०७५ भदौ १२ गते २:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: