A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिक्षकले यौन दुर्व्यवहार गरेको उजुरी

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीका आफन्तले प्रहरीमा उजुरी दिएका छन्। त्रियुगा नगरपालिका ४ राष्ट्रिय उच्च मावि बगाहाका शिक्षक वीरेन्द्र बस्नेतले १२ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको भन्दै शुक्रवार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो। घरमै रहेकी बालिकालाई बाहिर बोलाएर जबरजस्ती करणी गर्न खोजेको भन्दै अभिभावकले शिक्षकविरुद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले बताए। पढाउने बहानामा बाहिर बोलाएर घरपछाडि एकान्तमा लगी जबरजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्न थालेपछि बस्नेत भागेको पीडितका आफन्तको भनाइ छ। करणीको प्रयास गरेको भन्दै बालिकाको आफन्तले उजुरी दिएका छन्,’ डीएसपी अधिकारीले भने, फरार शिक्षक बस्नेतलाई खोजिरहेका छौँ। मुलुकी अपराध संहिताको दफा २२५ अनुसार करणी गर्ने आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगे, यौनांग छोए, यौनजन्य अस्वाभाविक व्यवहार गरे बाल यौन दुर्व्यवहार गरेको मानिने उल्लेख छ। बाल यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

२०७५ भदौ १२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: