किशोरीलाई भारत लगेर बेचेको आरोपमा ३ जना पक्राउ
१६ वर्षीया किशोरीलाई भारतमा लगि बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा किशोरीलाई ललाइफकाई दार्जीलिङ पुर्यातएको देखिएपछि तीन जनालाई प्रकाउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताउनुभयो । किशोरी बेचेको आरोपमा पाणिनी गाउँपालिका वार्ड नं. ४ बस्ने एलिसा घिमिरे, सितगंगा नगरपालिका वार्ड नं। ३ खसर्का बस्ने प्रकाश पौडेल र नवराज पौडेल पक्राउ परेका हुन् । तीनै जनालाई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।
२०७५ भदौ ११ गते २:०२ मा प्रकाशित