समाचारमा बालबालिका

काकाबाटै बलात्कृत भइन् ५ वर्षीया बालिका

कोहलपुर नगरपालिका– ३ मैटहवामा ५ वर्षीया मुस्लिम समुदायकी एक बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । १९ वर्षीय हरुण खानले मंगलबार दाजुकी छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित भिङ्गी रहेली घर भइ मैटहवामा चौधरीका घरका टहरामा बसेर तन्ना र कपडा बेच्ने ती दाजुभाइ परिवारसहित बस्थे । बाबुआमा घरमा नभएको मौकामा खानले दिउँसो तीन बजेतिर भतिजीलाई बलात्कार गरेका थिए । ‘घटनाकोे खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अभियुक्तलाई पक्राउ गरेको छ’, इप्रका कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले अन्नपूर्णसँग भने, ‘हाम्रो टोली पुग्दा बालिकाको योनीबाट रगत बगिरहेको थियो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान अघि बढाएका छौं । प्रहरीले बुधबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गरेको अदालतका सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए । अदालतबाट पटक–पटक गरी २५ दिनसम्म पुर्पक्षका लागि थुनामा राख्न अदालतले म्याद थप गर्न सक्ने कानुनी व्यवस्था छ । 

२०७५ भदौ १३ गते ७:०१ मा प्रकाशित