समाचारमा बालबालिका

सर्पको टोकाईबाट किशोरीको मृत्यु

जिल्लाको वेलका नगरपालिका-२ मा सर्पको डसाईबाट किशोरीको मृत्यु भएको छ। स्थानीय बाल विद्या मन्दिर इङलिस बोर्डिङ स्कूल कक्षा नौमा अध्यनरत छात्रा अन्दाजी १५ वर्षीया अस्मिता राईको सोमबार राति मृत्यु भएको स्थानीय जानुका कार्की दंगालले जानकारी दिइन्। दंगालका अनुसार गत शनिबार घरमा शौचालय गएर घरको बिद्युतको स्वीच बन्द गर्ने क्रममा सर्पले खुट्टामा डसेको थियो। ‘उपचार गराउन बेलका नगरपालिकामामै रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा पुर्‍याइयो,’ उनले भनिन्, ‘यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान लगियो। त्यहाँ पनि उपचार भएन। विराटनगर अस्पताल लाने क्रममा मृत्युभयो।’ वेलका नगरपालिकामा यस वर्ष मात्र ७४ जनलाई सर्पले डसेको छ भने सर्पको डसाईबाट राईको मात्र मृत्यु भएको हो।

२०७५ भदौ १२ गते प्रकाशित