A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुलबाट एकैसाथ हराएका तीन बालिका बुटवलमा भेटिए

गत मंगलबारदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन्। प्रहरीको तीव्र खोजीका कारण उनीहरु आइतबार बुटवल बसपार्कमा भेटिएका हुन्। पुस १० गते स्कुलको हाफटाइममा निस्किएका किशोरी घर फर्केका थिएनन्। परिवारले खोजीका लागि प्रहरीसँग निवेदन दिएपछि सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरी खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक निरज चौलागाईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तीनैजनालाई आइतबार बिहान बुटवल बसपार्कमा भेटाएको जानकारी दिए। प्रहरीका अनुसार एकजना अपरिचित व्यक्तिको साथमा बालिका फेला परेका हुन्। बुटवलले सुर्खेतमा बालिका र साथमा रहेका व्यक्तिलाई पठाउने तयारी गरिरहेको छ। बालिकाका साथमा रहेका व्यक्ति को हुन् भन्ने बारेमा अनुसन्धानपछि मात्रै थाहा हुने चौलागाइले बताए। सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पर्दै गरेका खानिखोलाका १४ वर्षीया बालिका निशा सिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२वर्षीया रिचिमा खत्री सँगै बेपत्ता भएका थिए। यमुना र निशा कक्षा ९ मा छात्ता हुन् भने, रिचिमा कक्षा ७ की  छात्रा हुन्।हराएकै दिन सल्ली बजारबाट मिलन विक नामका सवारी चालकले सल्लीबजारबाट आफ्नो गाडीमा छिन्चुमा रहेको आफ्नो घरमा लगेका थिए। प्रहरी र परिवारले गाडी चालक मिलनलाई सोधपुछ गर्दा उनले आफूले निशुल्क घरसम्म ल्याएको र रातपरेपछि आफ्नै घरमा खाना खुवाएर बास दिएको बताएका थिए।उनीहरुले बुटवल फुपुको घरमा जाने भनेपछि बुधबार बिहानै छिन्चुबाट नेपालगन्जका लागि १९०४ नम्बरको बसमा मिलनले तीनैजना बालिकालाई चढाइ दिएका थिए। छिन्चुको प्रहरी टोलीले कोहलपुर मै पुगेर सोधपुछ गर्दा स्थानीयले बुटवलको गाडीमा चढेको भन्ने जानकारी दिएपछि बुटवल प्रहरीलाई खबर गरिएको थियो। फुपुको घर जाने भनेका बालिका फुपुको घर भने गएका थिएनन्। उनीहरुलाई कसले पुर्याुयो भन्ने कुरा अनुन्धानपछि मात्रै थाहा हुने निरीक्षक चौलागाईले जानकारी दिए।

२०७५ पुस १५ गते १२:२४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: