A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चक्लेटको प्रलोभनमा पारी पाँच वर्षीया बालिका बलात्कार, आरोपित फरार

पर्सामा पाँच वर्षीया एक बालिकालाई २२ वर्षीय एक युवकले बलात्कार गरेका छन्।पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ घर भएकी पाँच वर्षीया बालिकालाई छिमेकी देवकुमार पटेलले चक्लेट दिने प्रलोभन देखाएर बलात्कार गरेका हुन्। आइतबार अपरान्ह घरमा कोही नभएको र आमा घरभित्रै काममा व्यस्त रहेका बेला आँगनमा खेल्दै गरेकी बालिकालाई , पटेलले चक्लेट खान दिने प्रलोभन देखाउँदै आफ्नो घर लगेर बलात्कार गरेका हुन्।आरोपित भने घटना लगत्तै फरार छन्। पटेलको यौन दुष्कर्म पछि रुँदै घर फर्किएकी बालिकाले आफ्नी आमालाई यौनाङ दुखेको भन्दै घटनाका बारेमा बताएकी थिइन्। बालिकाले आमालाई घटनाबारे जानकारी गराए लगत्तै बालिकाका अभिभावकले पटेलको खोजी गरेका थिए। तर उनी घर छाडेर फरार भइसकेकाले पक्राउ गर्न नसकिएको पीडित बालिकाका बुवाले बताए।बालिकाका अभिभावकले घटनालगत्तै आइतबार अपरान्ह प्रहरीमा जानकारी गराएका थिए। उनीहरुले पीडक पटेलविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन्। पीडित बालिकाको आइतबार साँझ नै नारायणी उपक्षेत्रीय अस्पालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। स्वास्थ्य परीक्षण गरेका चिकित्सकले पीडित बालिकाको यौनाङ सुन्निएको जानकारी दिएका छन्। प्रहरी उपरीक्षक ढकालले भने,स्वास्थ्य परीक्षणको रिपोर्ट एक दुई दिनमा आउँछ, त्यहि रिपोर्टका आधारमा आरोपितविरुद्ध आवश्यक कारबाही अगाडि बढाइन्छ। फरार रहेका आरोपित पटेलको खोजीका लागि आइतबार साँझदेखि नै प्रहरी परिचालन गरिसकिएको भन्दै प्रहरी उपरीक्षक ढकालले भने, पीडितको पहिचान खुली सकेको छ, छिट्टै प्रहरीको फन्दामा पर्छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा चालु आर्थिक वर्षको साउन देखि पुष १५ गते सम्म आइतबारको घटनाबाहेक बलात्कार र बलात्कारसम्बन्धी १७ वटा उजुरी परेको छ। ती मध्ये जबरजस्ती करणीका १५ वटा र जबरजस्ती करणी उद्योगका दुईवटा उजुरी छन्। जस मध्ये ११ वटा बालात्कारका घटनाका पीडित १६ वर्ष मुनि उमेरका रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

२०७५ पुस १६ गते ११:४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: