A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पुण्य कमाउने नाममा महिनावारी नहुँदै छोरीको विवाह

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दा जान्दै पनि यहाँका स्थानीयहरु बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन् । सानै उमेर अर्थात महिनावारी नहुँदै छोरीको कन्यादान गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयहरुले सानै उमेरमा छोरीको विवाह गराउने गरेको केआईसिंह गाउपालिका–५, जमलकटियाका स्थानीय चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो–‘महिनावारी नहुँदै छोरीको कन्यादान गरे ठूलै पुण्य प्राप्त हुन्छ भन्ने अन्ध विश्वासले बालविवाह बढ्दै गयो ,रोक्न सकिएको छैन् । यहाँका ग्रामीण क्षेत्रमा हुने बालविवाह रोक्नका लागि विभिन्न संघ संस्थाहरु लागिपरे पनि रोक्न सकिएको छैन । स्थानीयहरुले छोरीको उमेर बढाएर भए पनि विवाह गर्न थालेका छन् । कुनै बेला यहाँका गाउँघरमा छोरीका नाममा धन खाने अर्थात छोरीको विवाह गरेर रकम लिने चलन भए पनि अहिले त्यो चलन हटेर पुण्य कमाउने भन्दै बाल विवाह गर्ने चलन रहेको वासुदेबीका स्थानीय करण ऐरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘धन खाने चलन त हट्यो, बालविवाह गर्ने चलन हटाउन सकिएन । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय डोटीमा बालविवाह र बहुविवाहका मुद्दा दर्ता गराउन आउनेको संख्या पनि बढिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांक अनुसार सानै उमेरमा बालविवाह गरेकाहरुले नै पछि गएर अर्को विवाह गर्ने गरेका कारण बहुविवाहको मुद्दा दता गर्नेको संख्या बढेको हो । त्यस्तै डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले मुलुकी संहिता ऐन २०७४ अनुसार बालविवाह गरेकालाई नागरिकता नदिने भन्ने उल्लेख भएकाले जिल्ला प्रशासनमा सानै उमेरमा विवाह गरेकाहरु नागरिकताका लागि नआउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२० बर्ष उमेर नपुगी विवाह गरेकाहरुलाई नागरिकता नदिने भन्ने कानुनमा प्रष्ट उल्लेख छ, हामीकहाँ उमेर नपुगी विवाह गरेकाहरु नागरिकता लिन आउँदैनन् र गाउँपालिकाबाट पनि सिफारिस हुँदैन । स्थानीयबासीका अनुसार बालविवाह गरेकाहरुले नागरिकता लिनका लागि गाउँ तथा वडापालिकामा आफ्नो उमेर बढाई नागरिकताको लागि सिफारिस लिने गरेको बुझिएको छ । बालविवाहका कारण महिलाले झेल्नुपर्ने समस्या लगायतका विषयमा जानकारी दिँदै बालविवाह न्यूनीकरणको अभियानका लागि भुमिराज माध्यमिक विद्यालयका विद्यार्थीहरु पछिल्लो समय सक्रिय हुन थालेको सो विद्यालयका शिक्षक जगतबहादुर बलायरले बताउनु भयो । उहाँका अनुसार विद्यार्थीहरूले सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा लागेका छन् ।

२०७५ पुस १७ गते २:२१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: