समाचारमा बालबालिका

बिस्कुट अड्किएर बालिकाको मृत्यु

इटहरी उपमहानगरपालिका-४ मा बिस्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार राती सोही स्थान बस्ने सञ्जीव चौलागाईंको छोरी श्रुती चौलागाईं बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन्। बालिकालाई उपचारका लागि स्थानीय एक मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी दिए।

२०७५ मंसिर २१ गते प्रकाशित