A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झापामा नवजात शिशुको शव फेला

बुद्धशान्ति गाउँपालिका, ४ मा नवजात शिशुको शव भेटिएको छ । शिशुको शव खुट्टा बाहिर देखिने गरी गाडिएको अवस्थामा फेला परेको हो ।गाउँपालिकाको आइतबारेमा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद हुमागाईले जानकारी दिए । प्रहरीका अनुसार शव स्थानीय शंकर रेग्मीको जग्गामा गाडिएको थियो । मंगलबार बिहान स्थानीयबासी घाँस काट्न जाँदा शिशुको एउटा खुट्टा जमिनमा गाडिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको बारे बिहान साढे ९ बजे आफूलाई जानकारी आएको हुमागाईले बताए । शिशु जन्मिने  बितिकै सुपारीको पातको डोरीले घाँटी थिचेर मारिएकोे प्रहरीले जनाएको छ । शिशु कसले जन्माएको र किन मारेको भन्ने अनुसन्धान भइरहेको हुमागाईले बताए । शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ । पोष्टमार्टम हुन नसके धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने उनले जनाए।

२०७५ पुस १७ गते ५:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: