A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह रोक्न विद्यार्थी र अभिभावकलाई सँगै कक्षा

 बालविवाह नरोकिएपछि जिल्लाका विद्यालयमा बालविवाह न्यूनीकरणका लागि कक्षा सञ्चालन गर्न थालिएको छ। बालविवाह गर्नेको दर बढेपछि यहाँका स्थानीय सरकारले विशेष कार्ययोजना बनाइ कक्षामा पढाउन थालिएको हो। अहिले जिल्लाका नलगाड नगरपालिका , छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका विद्यालयहरूमा कक्षा सञ्चालन गरिएको छ। स्थानीय सरकार प्रमुख नै विद्यालयमा गएर बालविवाह न्यूनीकरणको कक्षा लिन थालेका छन्। जनप्रतिनिधि, शिक्षक र अभिभावक सँगै बसेर बालविवाहबाट हुने बेफाइदाका विषयमा खुलेर छलफल गर्न थालिएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। विद्यालय उमेरका बालबालिका नै बालविवाह गरेर समस्या निम्तिएको भन्दै रावलले यसको विषयमा गम्भीर हुनुपर्ने अवस्था सिर्जना भएको भनाइ राखे। जिल्लामा बालविवाह गर्ने जोडीहरू धमाधम प्रहरीले पक्राउ गरी अभिभावकको जिम्मा लगाउने काम भइरहेको छ। प्रहरीले दुवैतर्फका अभिभावकलाई बोलाएर सम्झाइ, बुझाइ गरी बालविवाह गर्ने जोडीलाई अभिभावकको जिम्मा लगाउने गरेको डिएसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए। बालविवाह न्यूनीकरण गर्नका लागि पहिलो काम अभिभावक सचेत हुनुपर्नेमा सरोकारवाला निकाय जोड दिन्छन्। अब स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा पढाउने कार्य सुरु गरिने नलगाड नगरपालिकाले जनाएको छ। जाजरकोट जिल्ला अदालतमा उमेर नपुगी विवाह गरेका महिलाले पीडामा परेको भन्दै उजुरी आउने क्रम बढेको देखिन्छ। कम उमेरमा बिहे गर्ने उमेर पुगेपछि सम्बन्धबिच्छेदका लागि अदालत धाउने प्रवृत्ति बढी देखिएको नेपाल बार एसोसिएसनका अध्यक्ष भीमबहादुर सिंहले बताए।

२०७५ पुस १९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: