समाचारमा बालबालिका

अर्घाखाँचीमा जलेर एक बालकको मृत्यु

विद्युत सट भई आगलागी हुदाँ अर्घाखाँचीमा मगंलवार एकजनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो । साँझपख बिजुली सर्ट भई विकको घरमा आगजनी भएको प्रहरी नायब उपरिक्षक नवराज मल्लले जानाकारी दिए । घरभित्र रहेको बालक बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको जनाईएको छ । प्रहरीले आगो नियन्त्रण लिई खोजतलास गर्दा बच्चाको शव भेटिएको थियो।

२०७५ मंसिर १७ गते प्रकाशित