A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सिक्का खसाल्नुस्, प्याड लिनुस्

हामीलाई थाहा छ- महिनावारीका कारण नेपालका कतिपय ठाउँका छात्रा विद्यालय जान सकेका छैनन्। यसले महिनामा एउटी छात्राको करिब ४–५ दिन पठनपाठन रोकिने गर्छ। यस्तो समस्या ग्रामीण क्षेत्रमा अझ विकराल छ। तर रूपन्देही भैरहवास्थित बुद्धज्योति माध्यमिक विद्यालयका विद्यार्थी महिनावारीको समस्याबाट मुक्त हुन पाएका छन्। यो विद्यालयले आफ्ना विद्यार्थीलाई लक्ष्य गरी स्यानिटरी प्याड भेन्डिङ मेसिन राखेको छ, जहाँ विद्यार्थीले एक रुपैयाँको सिक्का हालेपछि स्वचालित रूपमा प्याड निस्किन्छ। हुन त यसअघि पनि विद्यालयले छात्रालाई प्याड दिने गरेको थियो। तर आवश्यक परेको बेला र शिक्षिका नहुँदा विद्यार्थीले प्याड माग्न गाह्रो मान्थे। स्वचालित मेसिन राखेपछि भने छात्रालाई न कसैसँग प्याड माग्ने झन्झट भएको छ, न त रकमकै। एक रुपैयाँको सिक्का पनि विद्यालय आफैंले उपलब्ध गराई मेसिन नजिकै राखिदिएको छ। आवश्यक परेको बेला छात्राहरूले मेसिनमा सिक्का खसाल्छन् र प्याड लिन्छन्। करिब २ सय ७० छात्रा अध्ययनरत विद्यालयमा यसअघि महिनावारीकै कारण पठनपाठनमा समस्या देखिएपछि विद्यालयमा मेसिन जडान गरिएको विद्यालयका कार्यक्रम संयोजक प्रतीक मल्लले बताए। मेसिनका कारण आफूहरूलाई धेरै सजिलो भएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी सदिक्षा घिमिरेको भनाइ छ। ‘पहिला कसरी विद्यालय जाने, समस्या परे के गर्ने होला जस्ता कुराले स्कुल जानै डर लाग्थ्यो’, उनले भनिन्, ‘तर मेसिन भएपछि धेरै सजिलो भएको छ। रोटर्‍याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहयोगमा ४० हजार रुपैयाँ लागतमा विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन राखिएको हो। मेसिनमा एक पटकमा ७५ वटासम्म प्याड राख्न मिल्छ। यो मेसिनले महिनावारीको समयमा विद्यालयमा अध्ययनका लागि आउन नसक्ने समस्या रोक्न सघाएको मल्लले बताए। छात्राहरूको पढाइमा समस्या नआओस् भनेर विद्यालयलाई प्याड भेन्डिङ मेसिन जडान गर्न सघाइएको रोटर्‍याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ईश्वर भट्टराईले बताए। बिस्तारै जिल्लाका अन्य सामुदायिक विद्यालयमा समेत मेसिन जोड्ने योजना रहेको उनको भनाइ छ।

२०७५ चैत ४ गते ७:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: