समाचारमा बालबालिका

दुर्घटनामा विद्यार्थीको मृत्यु

जिल्लाको रत्ननगर नगरपालिका–१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँ निवासी १४ वर्षीय वसन्त थापाको मृत्यु भएको छ। ना४च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ः३० बजे थापालाई ठक्कर दिएको थियो। कक्षा ८ मा अध्ययनरत बालकको उपचारका लागि चितवन मेडिकल कलेज पु(याए पनि डाक्टरले मृत घोषणा गरेका थिए। आफ्नो जन्मदिन परेकाले साथीहरूलाई ख्वाउन चकलेट लिन भनी बिहानको अतिरिक्त कक्षा सकेर उनी घर फर्किदै थिए। साइकलमा बाटो पार गर्ने क्रममा जेब्राक्रसिङमा बोलेरोले वसन्तलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोही क्रममा बोलेरोमा आगजनी गर्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइए पनि स्थानीय जनप्रतिनिधिको रोहवरमा नियन्त्रणमा लिइएका व्यक्ति छाडिएको उनले बताए।

२०७५ चैत ५ गते ११:२९ मा प्रकाशित