A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कूले विद्यार्थीबीच खुकुरी हानाहान, एक घाइते

विद्यार्थीबीच भएको झगडामा खुकुरी हानाहान हुुँदा एक विद्यार्थी घाइते भएका छन्। बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहानमा कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजा घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेको घाइते देउजालाई लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंै लगिएको प्रहरी नायवउपरीक्षक यादव ढकालले जानकारी दिए। ढकालका अनुसार विद्यालयमा अध्ययनरत खुकुरी प्रहार गर्ने सञ्जीव तामाङको ४ जनाको समुहलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। लमजुङ माविका प्रधानाध्यापक सीता बरालका अनुसार पहिलो पिरियडमा बिद्यार्थीहरुबीच झगडा भएको हो। उनका अनुसार होस्टलमा बस्ने घाइते देउजा स्कूल आउँदै गरेको अवस्थामा विद्यालयको कम्पाउण्ड बाहिर झगडा भएको र झगडाको सिलसिलामा थप झगडा कम्पाउण्डभित्र भएको थियो। प्रत्यक्षदर्शीका अनुसार उनीहरुबीच महाशिवरात्रीमा भएको फुटवल प्रतियोगितामा भनाभन भएको थियो।

२०७५ फागुन ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: