समाचारमा बालबालिका

परदेशीका छोरी संरक्षकबाटै बलात्कृत

उदयपुरकी सम्झनाको परिवारलाई आज खाए भोली के खाने भन्ने चिन्ता थियो । त्यसै समयमा उनका श्रीमानले रोजगारीका लागि विदेश जाने इच्छा गरे ।त्यसका लागि पासपोेर्ट बनाए । प्रक्रिया पनि अगाडि बढ्यो । तर मेडिकल जाँच गर्दा छातीमा दाग देखियो । उनले विदेश जान पाएनन् । र काठमाडौंबाट उदयपुर फर्किए । उदयपुरकी सम्झनाको परिवारलाई आज खाए भोली के खाने भन्ने चिन्ता थियो । त्यसै समयमा उनका श्रीमानले रोजगारीका लागि विदेश जाने इच्छा गरे । त्यसका लागि पासपोेर्ट बनाए । प्रक्रिया पनि अगाडि बढ्यो । तर मेडिकल जाँच गर्दा छातीमा दाग देखियो । उनले विदेश जान पाएनन् । र काठमाडौंबाट उदयपुर फर्किए । मेडिकल अनफिट भएर श्रीमान विदेश जान नपाएपछि सम्झना आफैंले पासपोर्ट बनाइन् । उनी घरेलु काममा कुवेत गइन् । सम्झनाका अनुसार उनलाई विदेशका घर मालिकले राम्रो व्यवहार गर्थे । विदेशमा कमाएको पैसा महिनैपिच्छे श्रीमानको हातमा पठाउँथे । सम्झना विदेश जाँदा छोरी १२ वर्षकी थिइन् । परदेशमा छोरीको याद नआउने कुरै भएन । तर उनले बुवाको साथ छाडेर आएकी छु भने मन बुझाउँथिन् । तर नसोचेको भइदियो । एकदिन सम्झनाले छोरीलाई बुवा, मामा र छिमेकीले बलात्कार गरेको खबर परदेशमा छँदा सुन्नुपर्योस । सुरुमा त उनलाई यो खबर विश्वास लागेन । तर कुरा सत्य थियो । तत्कालै उनी नेपाल फर्कन पाइनन् । नेपाल आउँदा उनको घर तहसनहस भइसकेको थियो । उदयपुरकै रिना २ वर्ष अघि रोजगारीका लागि कुवेत पुगिन् । आर्थिक अवस्था नाजुक भएकाले ६ जना छोरीका आमा उनी रोजगारीका लागि विदेश गएकी हुन् ।

परिवारमा धेरै जना हुनु र एक्लो ज्यानले कमाउनु पर्ने भएपछि धेरै कमाउने आशामा उनले विदेश जाने सोच बनाएकी थिइन् । तीन जना छोरीको विवाह भइसकेको थियो । घरमा तीन जना छोरी थिए । त्यसैले विदेश जाँदा तीन छोरीलाई उनले तिनका दिदीभिनाजु अथव छोरीज्वाईंलाई संरक्षक बनाएर छाडेर गइन् । तर रक्षक नै भक्षक भइदिए । ११ वर्षिया छोरीलाई भिनाजुले बारम्बार बलात्कार गरेपछि पीडित बालिकाले नै इलाका प्रहरी कार्यालयमा आएर उजुरी दिइन् । उजुरीका आधारमा पिडकलाई पक्राउ गरियो । पीडित बालिकालाई जिल्लास्थित एक गैर सरकारी संस्थाको संरक्षणमा राखियो । जिल्ला अदालतले पिडकलाई ८ वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । पीडित बालिकाको बुवा र आफन्तले मुद्दा फिर्ता लिन तथा झुटा बयान दिन दवाव दिँदै आएको छ । रौतामाई गाउँपालिकाकी कमला एकल महिला हुन् । श्रीमानको निधनपछि तीन जना छोरीको जिम्मा उनैले लिनुपर्ने भयो । तर गाउँमै बसेर कमाउने श्रोत थिएन । त्यसैले छिमेकीलाई लालपालनका लागि छाडेर कमला रोजगारीका लागि भारत गइन् । दसैँ बिदामा उनी नेपाल फर्किइन् । त्यसबेला कान्छी छोरीलाई पिसाव चुहिने समस्या देखा परेको थियो । त्यसबेला उनी ९ वर्षकी मात्रै थिइन् । जिल्ला अस्पताल उदयपुरमा ल्याएर उपचार गराउँदा थाहा भयो, कमलाकी ९ वर्षिया छोरी कसैबाट बारम्वार बलात्कारको सिकार भएकी थिइन् । यो थाहा पाएपछि कमलाले छोरीलाई ओरेक शाखा कार्यालय उदयपुरको सहयोगमा परामर्श गराइन । त्यसपछि थाहा लाग्यो जसलाई संरक्षण गर्न दिइएको थियो उसैले बालिकालाई बलात्कारको सिकार बनाएको रहेछ । सवै कुरा थाहा भएपछि कमलाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिइन् । पिडक अहिलेसम्म फरार छन् । रोजगारीका लागि विदेश गएका आमाका छोरीहरु बलात्कारमा परेका यी प्रतिनिधि घटना मात्र हुन् । जसलाई संरक्षक बनाएर गएका हुन्छन्, उसैले विश्वासघात गरेको उनीहरुको गुनासो छ । उदयपुरमा लामो समयदेखी महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दे आएकी अधिकारकर्मी महेश्वरी राईले आमाको संरक्षण नभएका बालबालिका जोखिममा परेको बताउनुभयो । देशमा रोजगारीको सिर्जना गरी महिलालाई देशमै रोजगारी नदिएसम्म यस्ता अपराध नरोकिने उहाँको भनाई छ । उदयपुरमा बलात्कारको घटना बढेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख उमा गुरुङले बताउनुभयो । उहाँका अनुसार यस्ता घटनामा धेरैजसो बालिका पीडित हुने गरेका छन् । आमाको साथमा नभएका बालबालिका जोखिममा परेको लामो समयदेखी महिला सुरक्षा आवासमा काम गर्दै आइरहेकी कमला खड्काको भनाई छ । जसलाई संरक्षकको रुपमा सुम्पियो उसैले लाभ उठाउने गरेको उहाँको भनाई छ । बलात्कारमा परेका बालबालिकालाई घटनापछि समुदायले सुरक्षा दिन नसकेको खड्काको भनाई छ । 

२०७४ फागुन १८ गते १:०९ मा प्रकाशित