१५ वर्षीया बालिकाको विवाह रोकियो
सोलु्खुम्बुमा प्रहरी र स्थानीय महिला अधिकारकर्मीको पहलमा बाल विबाह रोकिएको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ की १५ वर्षीया दुर्गा माया पुरीको बिहीबार हुन लागेको बाल विवाह स्थानीय महिला अधिकारकर्मी र प्रहरीले रोकेका हुन् । बालिका दुर्गा मायाको ओखलढुगां सुनकोशी गाउँपालिका १ का २५ वर्षीय राजन गिरीसँग हुन लागेको स्थानीयले बताएका छन् । स्थानीय सगरमाथा महिला समूहकी अध्यक्ष देवकी पुरीको पहलमा प्रहरी र महिला विकास कार्यालयले विवाह रोक्न सहयोग गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाल विवाह गर्न गराउने, गर्ने र प्रहरीबीच छलफल भई अब बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि छोडिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब निरीक्षक प्रधुम्न अधिकारीले बताउनुभयो । बालिका जन कल्याण माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यारत छिन् ।
२०७४ फागुन २४ गते १:५५ मा प्रकाशित