A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfaspnl4808jviau92qpr9heu3pg0n6uh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद

हेर्दा सानी, छोटो कपाल, पातली मान्छे केही दिनयता जिल्ला अदालत धाइरहेकी थिइन् । धेरैले उनलाई बाबुआमासँग आएकी होलिन् भनेर अनुमान लगाउँथे । सानी उमेरकी त्यसैमा पनि पातली भएकाले केटाकेटीजस्तै देखिन्थिन् । हेर्दा सानी, छोटो कपाल, पातली मान्छे केही दिनयता जिल्ला अदालत धाइरहेकी थिइन् । धेरैले उनलाई बाबुआमासँग आएकी होलिन् भनेर अनुमान लगाउँथे । सानी उमेरकी त्यसैमा पनि पातली भएकाले केटाकेटीजस्तै देखिन्थिन् । पुतलीबजार ५ पौवैगौंडेकी १९ वर्षीया सदीक्षा रेग्मी पौडेललाई अदालतका कर्मचारी सेवाग्राही हुन् भन्नेसम्म पनि सोचेका थिएनन् तर उनी श्रीमान्सँग सम्बन्धविच्छेदका लागि अदालत पुगेकी थिइन् । एक वर्षअघि उनको विवाह भएको थियो । हाल उनका श्रीमान् वैदेशिक रोजगारीमा बाहिर छन् । उनी आमाका साथ अदालत आएकी थिइन् । श्रीमान्को वारेस थिए उनका ससुरा । सानो उमेरमा विवाह हुनु, त्यसमा पनि बिहेको वर्षदिनमै सम्बन्धविच्छेद गर्न अदालत आएको थाहा पाउँदा कर्मचारी छक्क परे । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले रेग्मीलाई करकापले छुटाउन खोजेको पो हो कि भनेर प्रश्न गरे । बाध्यताले डिभोर्स हो रु केही लिएर हो वा यत्तिकै, अंश लड्ने पनि अधिकार छ, लड्न सक्नुहुनेछ विचार के छ रु कोसँग आउनुभएको छ रु रेग्मीले सबै प्रश्नको सहज उत्तर दिइन् । उत्तर पाएपछि न्यायाधीश अधिकारीले सम्बन्धविच्छेदको फाइलमा हस्ताक्षर गरे ।

गत साता अदालतमा यस्तै मुद्दा आएको थियो । एक १८ वर्षीया सम्बन्धविच्छेदका लागि पुगेकी थिइन् । सवालजवाफपछि उनले पनि आफ्नो पक्षमा फैसला पाइन् । जिल्ला अदालतको अभिलेख अनुसार सम्बन्धविच्छेदका लागि पर्ने निवेदन घटेका छैनन् । राज्यले विवाहका लागि महिलालाई २० र पुरुषको हकमा२१ वर्ष तोकिदिएको छ । तर, सम्बन्धविच्छेदका लागि पुग्नेहरूको फाइलले उमेर नपुग्दै विवाह भएर सम्बन्ध टिक्न नसकेपछि छुट्टिन चाहनेहरू बढिरहेको देखाएको छ । स्याङ्जा जिल्ला अदालतको अभिलेख अनुसार चालु वर्ष दर्ता हुन आएका मुद्दामध्ये सर्वाधिक संख्या सम्बन्धविच्छेदका छन् । सात महिनामा १ सय ३८ मुद्दा सम्बन्धविच्छेदका परेका छन् । यिनमा १ सय १६ वटाफछ्र्योट भइसकेको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए । ‘सम्बन्धविच्छेदका मुद्दामध्ये ५० प्रतिशत हाराहारी मेलमिलाप केन्द्रमै छिनोफानो भएका छन्,’ उनले भने, ‘धेरैजसो केसमा सानो उमेरमा विवाह भएको, श्रीमान् विदेश गएको, घरमा कुरा नमिलेर छुटानामका लागि आउने हुन्छन् ।’ हाल एकजना मात्रै न्यायाधीश भए पनि संवेदनशील मुद्दालाई अदालतले छिटोछरितो तवरले फछ्र्योट गरिरहेको उनले बताए । स्थानीय तहका न्यायिक समितिहरू सक्रिय भएपछि अदालत आउने मुद्दा घट्नुपर्ने अवस्थामा पनि सम्बन्धविच्छेदका मुद्दा भनेआइरहेका छन् ।

२०७४  फागुन २१ गते  ७:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: