A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb26avhq6ft7lln3on1hdihar69eln7gc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। घरको छतबाट खसेर घाइते भएका रेग्मीलाई सुरुमा फिस्टेल हस्पिटलमा उपचारका लागि लगिएको थियो । टाउकोमा गम्भिर चोट लागेका उनको उपचारको क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ‘होली खेल्ने क्रममा आफ्नै घरको दुईतला माथीबाट खस्दा रेग्मीको टाउकोमा चोट लागेको थियो,’ उनले भने, ‘उपचारको क्रममा मृत्यु भयो । हामीले होली खेल्दा सचेत हुन आग्रह गर्दागर्दै घटना भयो। बिहानतिर घरको छतबाट लोला हान्दै गर्दा रेग्मी भुइमा बजारिन पुगेको उनले बताए। ‘बालबच्चाले कसरी होलीमा मनोरञ्जन गरेका छन् भनेर अभिभावकले सचेतना अपनाउनु पर्दथ्यो । हामीले सक्दो सचेतनाका कार्यक्रम गरेका हौ,’ खत्रीले भने, ‘तर, अभिभावकले बेवास्ता गर्दा बालकको ज्यान गयो । यसले हामीलाई पनि खिन्न बनाएको छ।’ प्रहरीले लोला हान्दा र रंग खेल्दा बिशेष सचेत अपनाउन भन्दै बुधबार नै जानकारी गराएको थियो । खत्रीका अनुसार होलीमा होहल्ला गर्ने ४ महिला सहित ३३ जना युवक पनि पोखराका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । होहल्ला गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको र सामान्य सचेत गराएर छाड्ने पनि उनले बताए। ‘अघिल्लो वर्षभन्दा यो पठक केही सचेत देखियो । हामीले पनि कडाई गरेका थियौं’ उनले भने। पर्यटकीय क्षेत्र लेकसाइडमा होलीमा विशेष भीड लागेको उनले बताए । सहरमा रमाएर लेकसाइड पुग्दा भीड हुने गरेको छ । लेकसाइडमा पर्यटन व्यावसायीले विशेष मनोरञ्जन सहित होली पर्व मनाउने र त्यसमा विदेशी पाहुना पनि सहभागि हुनेहुँदा लेकसाइड होलिमय हुने गरेको छ। त्यही मनोरञ्जनमा मिसिन सहरबाट युवायुवती लेकसाइड पुग्दा भीढ बढ्ने गरेको उनले बताए।

 २०७४ फागुन १७ गते  ४: ५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: