समाचारमा बालबालिका

६५ वर्षीय वृद्धद्वारा बालिका बलात्कृत

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगर–६ का ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् । पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका रत्नबहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगर–६ का ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् । पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका रत्नबहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आरोपित परियारले गत बुधबार साढे १२ बजे दिउँसो घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रामेश्वर पौडेलले बताए । पीडित बालिकाको मेडिकल जाँच भइसकेको छ । बालिकाका बाबुआमा दुवै मजदुरी गर्न गएका बेला एक्लै बसेकी बालिकालाई भान्सा कोठामा लगेर बलात्कार गरेको छिमेकी सञ्जु अधिकारीले बताइन् । उनले भनिन्, ‘दिउँसो साढे १२ बजे परियारको घरबाट बालिका रुँदै, चिच्याउँदै भागेको देखेपछि के भयो भनेर सोधी खोजी गर्यौां । केरकार गर्दा हजुरबाले जबरजस्ती गरेको बताएपछि प्रहरीलाई खबर गरेका हौं। अधिकारीका अनुसार बालिका रुँदै भागेर नजिकै रहेको आफ्नो घरमा लुक्दासमेत परियार लखेट्दै आएका थिए । त्यसबेला बालिका डरले काम्दै घरको कुनामा रोइरहेकी थिइन् । बालिकाको मानसिक अवस्था विक्षिप्त बनेको पारिवारिक स्रोतले जनाएको छ । परियारले मादक पदार्थ सेवन गरेर बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । यस्तै बलात्कार आरोप लागेका परियारलाई म्याद थप गरी कानुनी कारबाही अघि बढाउने तयारी गरे पनि उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि बिहीबार परिवारको जिम्मा लगाएको डीएसपी पौडेलले बताए । उनका अनुसार स्वास्थ्य अवस्था सुध्रिएपछि प्रहरीमा बुझाउने सहमतिमा परिवारको जिम्मा लगाएको हो । ‘बलात्कारको मुद्दा दर्ता भइसकेको छ, कानुनबाट उनी कतै भाग्न सक्दैनन्। तर दीर्घरोगी भएकाले स्वास्थ्य उपचारपछि जसरी पनि कारबाही भएरै छाड्छ,’ उनले भने ।

पुर्पक्षका लागि कारागार
इटहरी– १४ वर्षीया बालिका बलात्कारका दुई अभियुक्तलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । बुधबार जिल्ला अदालत सुनसरीमा भएको सुनुवाइमा न्यायाधीश विनोद गौतमको इजलासले जकब लिम्बू र मनीष श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण चिमरियाका अनुसार बुधबार ४ नम्बर इजलासमा भएको बहसमा जिल्ला न्यायाधिवक्ता भरतमणि रिजालले वादीका तर्फबाट बहस गरेका थिए । प्रतिवादीका पक्षमा अधिवक्ता मोहन कोइराला, सुरेशलाल श्रेष्ठ र शंकर पोखरेलले बहस गरेका थिए ।

 २०७४ फागुन १८ गते ६:५७ मा प्रकाशित