समाचारमा बालबालिका

पानीमा डुबेर बालकको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरमा खाल्डोमा जमेको पानीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ।स्थानीय सुदेश माझीका ६ वर्षीय छोरा नितेस माझीको खाल्डोमा डुबेर मृत्यु भएको हो। आइतबार साँझ बाख्रा चराउन गएका बालकको चापाकलको पानी जम्मा गर्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको गाउँलेले बताएका छन्। बालक रातिसम्म घर नआउँदा खोज्ने क्रममा बालकलाई खाल्डोमा डुबिरहेको अवस्थामा परिवारजनले फेला पारेको थियो ।

२०७४ फागुन २१ गते प्रकाशित