A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारमा बालिका बढी

मकवानपुरमा बलात्कार घटना बढिरहेको पाइएको छ । चालु आवको ११ महिनामा मात्र १८ जना बलात्कृत भएका छन् । यिनमा सबैभन्दा बढी बालिका छन् ।बालिकाको सुरक्षामा परिवार गम्भीर नहुँदा यस्ता घटना दोहोरिने गरेको सरोकारवालाको ठम्याइ छ । बढीजसो बलात्कार छिमेकी र आफन्तबाटै भएको छ । गत साउनदेखि असारसम्म ५ वर्षदेखि १५ वर्षसम्मका १४ बालिका बलात्कृत भएका छन् । घटनामा संलग्न सबै पक्राउ परेको प्रहरी उपरीक्षक बुद्धि गुरुङले बताए । ‘अधिकांश घटनामा आफन्त र छिमेकी नै पीडक छन्,’ उनले भने । असार १५ गते राति हेटौंडा उपमहानगर–४ की १३ वर्षीयालाई झडकेला बाबुले बलात्कार गरे । प्रहरीले आरोपितलाई पक्रेर मंगलबार मुद्दा चलाएको छ । यसै गरी इन्द्रसरोवर गापा–३ की ११ वर्षीयालाई छिमेकी २७ वर्षीय राजकुमार रानाले जेठ २३ गते स्थानीय जंगलमा बलात्कार गरे । बालकबाटै पनि बलात्कारका घटना भएको पाइएको छ । बाग्मती गाउँपालिका ७ का ११ वर्षीय बालकले जेठ ५ गते स्थानीय ९ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । उनलाई अदालतको आदेशमा बालसुधार गृहमा राखिएको छ । अधिकांश घटनामा आरोपित पक्राउ पर्नुका साथै जेल गएका छन् । तर घटनामा कमी आएको छैन । बालबालिका क्षेत्रमा लामो समयदेखि कार्यरत सिविन हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीको तर्कमा बालिकाहरूलाई अधिकांश परिवारले हेयभावले हेर्ने र संरक्षणमा ध्यान नदिँदा बलात्कृत हुने गरेका छन्।

 २०७५ असार २७ गते ८:०१मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: