पानीमा डुबेर बालकको मृत्यु
सर्लाहीको कविलासीमा आइतवार बिहान डुबेर एक बालकको ज्यान गएको छ । कविलासी नगरपालिका-८ अगर्बास्थित मामाघर गएका तीन वर्षीय बालक आदित्य ठाकुरको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । हरिवन नगरपालिका–९ का बिजय ठाकुरका छोरा आदित्यको धाराको पानी निकासका लागि खनिएको खाल्डोमा डुबेर घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
२०७५ असार ३१ गते प्रकाशित