समाचारमा बालबालिका

सर्पदंशबाट मृत्यु

तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका चार वर्षीय कमल विकको सोमबार सर्पदंशबाट मृत्यु भएको छ । सोमबार बिहानै सर्पले डसेर बिरामी परेका कमलको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । उनकी ११ वर्षीया दिदी अनिता विकको भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भइरहेको छ । घरमै सुतिरहेको बेला बिहानपख दिदी भाइलाई सर्पले डसेको आमा लक्ष्मी विकले बताइन् ।

२०७५ असार ३२ गते ४:४० मा प्रकाशित