समाचारमा बालबालिका

पानी माग्ने निहुँमा बालिका बलात्कार

अछामको साँफेबगर नगरपालिकामा ८ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकाकी आमा रोपाइँ गर्न गएको मौका छोपेर २ वर्षीया बहिनी हेर्न बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको पीडित परिवारले बताएको छ। घरमा बहिनी हेरेर बसेकी थिएँ, घरमा आएर पहिले पानी मागे, त्यसपछि घरभित्र जाऊँ भने म मानिनँ। जबर्जस्ती तानेर घरको माथिल्लो तलामा लगे। कसैलाई नभन्नू म पैसा दिन्छुसमेत भनेको उनले बताइन्। भारतमा रहेका बालिकाका बुवा र बाजुरमा रहेका ठूलो बुवाको सल्लाहमा २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बालिकाकी आमाले बताइन्। अछाम प्रहरीले समयमै जानकारी नआएका कारण आरोपी भागेर भारत गइसकेको बताएको छ।

२०७५ असार ३० गते ९:३९ मा प्रकाशित