A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

व्यवस्थापन समितिमा बालबालिका

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गुणस्तरीय शिक्षा र बालबालिकाको विकासका लागि बालमैत्री विद्यालय घोषणा अभियानलाई तीव्र पारेको छ । नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको सुनवलले संघीयतापछि थपिएको भूभागमा रहेका क्षेत्रमा बालमैत्री अभियानलाई तीव्रता दिएको हो । बाल विकासका ३५ वटा सूचक नगर आफैंले तयार पारेको थियो । ती पूरा गर्ने विद्यालयलाई पुरस्कृत गर्ने क्रम सुरु गर्‍यो । यसपछि निजी र सामुदायिक विद्यालयले नीतिगत, भौतिक र शैक्षिक वातावरण सुधार गरेर धमाधम बालमैत्री विद्यालय घोषणा गर्न लागिपरेका हुन् । अहिलेसम्म नगरभित्रका ४ सामुदायिक र २ संस्थागत विद्यालय बालमैत्री घोषणा भएका छन् । शनिबार सुनवल १२ मा रहेको रामनगर एकेडेमीलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । विद्यालयको भौतिक संरचना अपांगमैत्री, छात्राका लागि सेनेटरी प्याडको व्यवस्था, बाल क्लबका सदस्यको विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व, दण्डरहित शैक्षिक प्रणालीलगायत ३५ वटा सूचक पूरा गरेपछि बालमैत्री घोषणा गरिएको प्रिन्सिपल जनक अधिकारीले बताए । ‘विद्यालय आफैंमा स्वतस् बालमैत्री हुनुपर्छ, यो सर्वमान्य पक्ष हो,’ उनले भने, ‘तर, भौतिक र नीतिगत रूपमा सुधार गरेर बालबालिकाको प्रत्यक्ष सहभागितामा हामीले सूचक पूरा गरेका कारण विद्यालय बालमैत्री घोषणा भएको हो । यसबाहेक संस्थागततर्फ साकुरा बोर्डिङ स्कुल र सामुदायिकतर्फ भगवती मावी, रावापुर मावि, सुनवल निमावि र महलपोखरी प्रावि बालमैत्री विद्यालय घोषणा भइसकेको सुनवल नगरपालिकाका बालमैत्री फोकल पर्सन रेशम शर्माले बताए । ‘हामी मुलुककै पहिलो बालमैत्री नगरपालिका भएकाले नीति निर्माण तहमा बालबालिकाको सहभागिता सुनिश्चित गरेका छौं,’ उनले भने, ‘साउन १५ गतेसम्ममा सबै विद्यालयलाई बालमैत्री घोषणा गर्नेतर्फ कार्यक्रम बनाएर अगाडि बढेका छौं ।

बालबालिका अनिवार्य
सुनवल नगरपालिकाभित्र रहेका विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको सहभागितालाई अनिवार्य गरिएको छ । साथै, विद्यालयका सार्वजनिक समारोह र औपचारिक कार्यक्रममा पनि बाल क्लबका प्रतिनिधिलाई आफ्ना कुरा राख्नका लागि अवसर दिने गरिएको छ । नगरभित्र रहेका १९ वटा संस्थागत र ३५ सामुदायिक विद्यालय व्यवस्थापन समितिमा एक छात्र र एक छात्रालाई अनिवार्य रूपमा राखेर बालबालिकालाई निर्णायक तहमा समावेश गर्ने अभियान थालिएको हो । सार्वजनिक आधारभूत विद्यालय, सुनवल ११ मा अध्ययनरत छात्र अमृत गैरे व्यवस्थापन समितिका सदस्य हुन् । उनी हरेक बैठकमा सहभागी भएर बालबालिकाका समस्या र शैक्षिक गुणस्तरका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सुझाव दिन्छन् । मुनाल बाल क्लबका अध्यक्षसमेत रहेका उनले बालबालिकासँग सुझाव लिएर बैठकमा प्रस्तुत हुने गरेको बताए । ‘बालबालिकाका समस्या र समाधानका विषयमा हामी बढी जानकार हुने हुनाले हाम्रो सहभागिताले अर्थ राख्छ,’ उनले भने, ‘पहिले पहिले बैठक कक्षमा चियाउनसमेत नदिने अभिभावकले अहिले त पत्र नै काटेर बैठकमा बोलाउने गर्छन् ।

 २०७५ असार ३२ गतते १०:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: