A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसिडपीडित दिदीबहिनी गम्भीर

भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीको अवस्था गम्भीर छ । रौतहटको चन्द्रपुर–६ की १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे  एसिड आक्रमण भएको थियो । उनीहरूको अहिले काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। मंगलबार बेलुका परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न गए। घरमा आमा र कान्छी बहिनी पनि थिए। बुबा र भाइ भने सधैंजस्तो आफ्नो काम गर्ने ठाउँ ९पुलहाउस० कुर्न गएका थिए। राति १२ बजे सम्झना बेस्सरी चिच्याएपछि सुस्मिता ब्युँझिइन्। दिदीलाई के भयो भनेर सोध्नसमेत नपाई उनको पनि पाखुरामा आगो लगाएजस्तो गरी पोल्यो। शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आँगनको धारामा रुँदै नुहाउन थाले। सुस्मिताले घटना भएको रात सम्झिइन्, ‘कसले आएर हामीलाई एसिड हानेको हो देखेनौं, हामीलाई त कुन बेला गएर पानीमा डुबौंजस्तो मात्रै भएको थियो। बुबा जादोरलाल घर आइपुग्दा छिमेकीले छोरीहरूलाई नुहाइदिंदै थिए। के भएको भनेर उनलाई थाहा थिएन। तेजाब हानेको भन्ने गाइँगुइँ सुनेपछि उनको हंसले ठाउँ छोडयो। उनले त्यो रात सम्झिए, ‘एम्बुलेन्स बोलाउँछु भनेर फोन निकाले हात कामेर नम्बर डायल गर्न सकिनँ, एउटै स्कुटरमा चार तीन जना बच्चालाई राखेर अस्पतालतिर बत्तिएँ।’ जिल्लाको चन्द्रपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरू सोही रात काठमाडौं रेफर भएका हुन्। 

सम्झनाको अवस्था निकै गम्भीर भएको उनको उपचारमा संलग्न डाक्टर पीयूष गिरीले बताए। उनले भने, ‘शरीरको ३५ प्रतिशत भाग जलेको छ, घाउ पनि निकै गहिरो छ।×’ २० प्रतिशतभन्दा बढी जलेका बिरामीको ज्यानै जाने जोखिम हुने उनले बताए। एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको छ। उनलाई आईसीयूमा भर्ना गरिएको छ। भेन्टिलेटरमा राखिएको छ। होसमा त छिन् तर बोल्न, खान या केही प्रतित्रिलया दिन सक्ने अवस्थामा छैनन्। शल्यक्रिया गरी उनको जलेको भाग काटेर फालिएको छ। अझै धेरै शल्यक्रिया गर्नुपर्ने अवस्था भएको डा। गिरीले बताए। सुस्मिताको भने अवस्था धेरै गम्भीर छैन। एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ। उनलाई आकस्मिक वार्डमा राखेर उपचार गरिएको छ। ५ प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त भएको डा। गिरीले बताए। उनले भने, ‘भोलि नै उनको अर्को शल्यक्रिया गर्नुपर्नेछ, ठीक हुन लामो समय लाग्छ। राति घरमै आएर कसले एसिड हानेको भन्नेबारे पीडितका परिवार अनविज्ञ छन्। उनीहरूले गाउँकै प्रहरी कार्यालयमा खबर गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान चलाइरहेको बुबा जादोरलाले थाहा पाएका छन्। गाउँमा जग्गा विषयमा केही व्यक्तिसँग उनको विवाद चलिरहेको थियो। उनलाई तिनै व्यक्तिले छोरीहरूमाथि एसिड छयापेको शंका छ। उनी भन्छन्, ‘तेरो जिन्दगी बर्बाद गरिदिन्छु भनेर धम्की दिइरहन्थे, मैले धम्कीलाई सिरियस्ली लिएको थिइनँ।’ उनीहरूको आर्थिकस्थिति पनि कमजोर छ। महँगो उपचार खर्चका लागि आफूसँग खर्च नभएको उनले सुनाए। गाउँमा चन्दा उठाउन लगाएर उपचार खर्च जुटाएको उनी बताउँछन्। उनी भन्छन्, ‘ उपचार त जसरी पनि गरौंला, मेरा निर्दोष छोरीमाथि एसिड खन्याउनेलाई कडाभन्दा कडा कारबाही होस्, न्याय होस् हामीलाई।

२०७५ भदौ ३० गते ८:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: